२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कोलकत्तामा एक डाक्टरको बलात्कार पछि हत्या, आरोपी पक्राउ

२७ श्रावण २०८१, आईतवार ०३:३७

साउन २७, कोलकत्ता । कोलकाताको एक सरकारी अस्पतालका ट्रेनी डाक्टरलाइ बलात्कार गरेर हत्या गरिएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कार पछि हत्या गरिएको हो । 

भारतीय प्रहरीका अनुसार सो अस्पतालको सेमिनार हलमा गत अगस्ट ९ मा स्नातकोत्तर तहका प्रशिक्षार्थी महिला डाक्टरको अर्धनग्न शव फेला परेको थियो । 

अनुसन्धान पछि प्रहरीले आरोपी सञ्जयलाई अगस्त ९ मा नै पक्राउ गरिसकेको छ । र, प्रहरीले उनीविरुद्ध हत्या र जबरजस्ती करणी मुद्दा दर्ता गरी १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । 

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यस मुद्दालाई फास्ट ट्र्याक कोर्टमा पठाइने बताइन्। दोषीलाई मृत्युदण्डको माग गरिएको छ ।

सेमिनार हलमा उनी भेटिदाँ आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । कोलकाता प्रहरीका अनुसार डाक्टरको आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । उनको पेट, देब्रे खुट्टा, घाँटी, दाहिने हात, औंठी औँला र ओठमा पनि चोट लागेको छ । घाँटीको हड्डी पनि भाँचिएको थियो ।

उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।३१ वर्षीय प्रशिक्षार्थी डाक्टर चेस्ट मेडिसिन विभागमा पीजी दोस्रो वर्षमा अध्ययनरत थिइन् । अभियुक्त अस्पतालका कर्मचारी होइन, बाहिरका व्यक्ति हुन् । तर अस्पतालका विभिन्न विभागहरूमा उनको धेरै पहुँच रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का