२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

शेख हसिनाको स्वदेश फिर्ती माग गर्दै बङ्गलादेशमा विरोध प्रदर्शन, सेनाको गाडीमा हमला

२७ श्रावण २०८१, आईतवार ०७:३८

साउन २७,  काठमाडौं  |  यतिबेला बङ्गलादेशमा असुरक्षा चुलिएको छ । सरकार, सर्वसाधारण, सरकारी अधिकारी, न्यायाधीश र सेना कोही पनि सुरक्षित छैनन् । पछिल्लो कयौं दिनयता जारी हिंसा अनियन्त्रित बन्दै गएको छ । 

यसैबिच सेनाको जवानमाथि हमला भएको छ । गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएको छ । ढाका ट्रिब्यूनमा छापिएको समाचार अनुसार यस घटनामा सेनाका जवान, पत्रकार र स्थानीयसमेत १५ जान घाइते भएका छन् ।


घाइतेमध्ये दुई जनालाई गोली लागेको बताइएको छ । यस घटनामा एक बच्चासहित दुई जनालाई गोली लागेको छ । घटनामा कसैको मृत्यु भने भएको छैन । यो घटना शनिबार साँझको भएको बताइएको छ । आवामी लिगका नेता, कार्यकर्ता र उनका समर्थकहरूले शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै ढाकामा सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए ।

सेनाका जवानले सडक खुलाउन अनुरोध गरेपछि प्रदर्शनकारीहरूको चीडले उनीहरूमाथि ढुंगा, इट्टा फ्याक्न सुरु गरे । भिडलाई तितरबितर पार्न सेनाका जवानले पछि लाठीचार्ज गरेको थियो । यसको जवाफमा प्रदर्शनकारीहरूले सेनाको गाडीमा तोडफोड गरेर आगो लगाइदिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का