२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसले पाए भ्रष्टाचार मुद्दामा सफाई

२८ श्रावण २०८१, सोमबार ०३:३७

साउन २८, काठमाडौँ । बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।

अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानून उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाइ दिइएको थियो । त्यस्तै सरकारकी सल्लाहकार नूरजहाँ बेगम पनि भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छन् ।

बंगलादेशी पत्रिका डेली स्टारका अनुसार भ्रष्टाचार विरोधी आयोगले ढाका अदालतमा दायर गरेको उजुरी फिर्ता लिएको हो । 

मोहम्मद युनुसलाई ग्रामीण टेलिकमको अध्यक्ष हुँदा श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो । युनुस बाहेक, ग्रामीण टेलिकमका निर्देशक अशरफुल हसन, मोहम्मद शाहजहान र वर्तमान अन्तरिम सरकारका सदस्य नूरजहाँ बेगमलाई पनि श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो ।

यसै वर्ष जनवरीमा यस प्रकरणका सबै अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवाना सुनाइएको थियो ।

त्यस्तै गत जुनमा युनुससहित अन्य १३ जनालाई ३० करोडभन्दा बढी भ्रष्टाचार गरको आरोपमा मुद्धा दायर गरिएको थियो । यस मुद्दामा पनि युनुसले सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का