४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च

३१ श्रावण २०८१, बिहीबार ०७:३७

साउन ३१, काठमाडौँ । अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ ।

‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो । हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो ।  

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरेपनि बेरोजगारी दर निरन्तर बढ्ने संकेत पछिल्लो तथ्यांकले देखाएको छ । 


एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अष्ट्रेलियालीहरूको कूल सङ्ख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ । सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार ९०० ले बढेर छ लाख ३७ हजार १०० पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो ।

सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । यो सङ्ख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ । 

 यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसङ्ख्या बुद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रष्ट पार्छ । सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको संकेत गरेको एबीएसका श्रम तथ्यांक प्रमुख केट ल्याम्बले  विज्ञप्तिमार्फत जानकारी गराए ।

उच्च सहभागिता दर र उच्च रोजगारी–देखि–जनसङ्ख्या अनुपातले रोजगारी खोज्ने मानिसहरूको सङ्ख्या धेरै भएको जनाउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश रविको फोटो खिचेका निकोलसविरुद्ध मुद्दा दर्ता, १ लाख जरिवाना र ५ वर्ष कैद माग वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा लाग्यो आगो, चालकको जलेर मृत्यु इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय दैलेखबाट नमुना लिएर पेट्रोलियम पदार्थ अन्वेषण टोली चीन फर्कियो बागमतीका मेयर र उपमेयरलाई झुटो वन मुद्दामा फसाउन खोजिएको भन्दै माओवादीको आपत्ति प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्ने माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश मदिराको सेवनले बढाउँछ यी ७ प्रकारका क्यान्सरको जोखिम, पुरुषमा भन्दा महिलामा अझ बढी (नयाँ अध्ययन) भक्तपुरको मनहरा खोलामा भेटियो पुरुषको शव हिजो राजावादी भए पनि मसँग आएपछि मातृभूमि जागरण अभियानका हुन् : भीम रावल दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय उच्च अदालतले सरकारलाई सोध्यो: आशिका तामाङलाई किन थुनेको ? यूके र दुबई पठाइदिन्छु भन्दै १३ जनाबाट करिब ८५ लाख असुल्ने २ जना पक्राउ पहिलेको मुद्दाको सक्कल फाइल फेला नपरेपछि रविसहित १४ जनाविरुद्धको पूरक मुद्दा दर्तामा ढिलाइ १३ वर्षीया बालिकालाई बलात्कार अभियोगमा युवक पक्राउ रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु, १९ वर्षीय युवक पक्राउ