2026-09-06 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नरेन्द्र मोदीलाई फोन गरेर युनुसले के भने ?

साउन ३२,  काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बङ्गलादेशका काम चलाउ सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फोन गरेका छन् । मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा युनुसले आफूलाई फोन गरेको बताएका थिए ।

बङ्गलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि मोहम्मद युनुस र मोदीबिचको भएको यो पहिलो वार्ता थियो । ‘मलाई मोहम्मद युनुसको फोन आएको थियो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान अवस्थाबारे कुरा गर्‍यौँ,’ मोदीले लेखेका छन् ।

‘लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण अनि प्रगतिशील बङ्गलादेशको लागि मैले भारतको समर्थन दोहोर्याएको छु । उनले पनि बङ्गलादेशमा हिन्दु अनि सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन्’ मोदीको पोस्टमा लेखिएको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको प्रदर्शनपछि शेख हसिनाले अगस्ट ५ मा बङ्गलादेशको प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी थिइन् । त्यहाँबाट भागेर उनी भारत आएकी थिइन् ।

अहिले बङ्गलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । युनुस त्यहाँका प्रख्यात अर्थशास्त्री हुन् । उनलाई प्रतिष्ठित नोबेल पुरस्कार पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ