2026-09-27 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसमा गयो ७.० म्याग्निच्युडको भूकम्प, भयानक ज्वालामुखी बिष्फोटको धुवाँँ ८ किमी माथीसम्म

भदौ २, मस्को | रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । 

भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो । 

रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो ।

यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्ककमचात्स्कीबाट ४५० किलोमिटर टाढा छ। यो सहरको जनसंख्या १ लाख ८० हजार छ । यद्यपी विष्फोटबाट कुनै पनि मानवीय वा धनमालको क्षतिको खबर प्राप्त भएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभलोभस्क कमचात्स्की शहरबाट ८८ किलोमिटर टाढा समुन्द्रमा रहेको जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दुको गहिराई ४८ किलोमिटर थियो । अमेरिकाको सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरको दायराभित्र सुनामीको चेतावनी जारी गरेको छ ।

शिवेलुचमा गत वर्ष पनि विस्फोट भएको थियो, सन् १९९९ देखि लगातार लाभा निस्किरहेको छ । शिवेलुच रूसको सबैभन्दा सक्रिय ज्वालामुखी हो। गत वर्ष अप्रिल ११ मा पनि विस्फोट भएको थियो । यसपछि खरानी र धुवाँको २० किलोमिटर अग्लो बादल उठ्यो । यो धुवाँ १ लाख ८ हजार वर्ग किलोमिटरमा फैलिएको थियो ।

शिवेलुचमा सन् १८५४ र १९६४ मा विष्फोट भएको थियो, जसले लाभाको ठूलो भागको पतन गराएको थियो। यसपछि १५ अगस्ट १९९९ मा यंग शिवलुचमा विस्फोट भएको थियो । त्यसयता यो निरन्तर सक्रिय छ र लाभा फुकिरहेको छ।

२७ फेब्रुअरी २०१५ मा पनि शिवेलुचमा भीषण विष्फोट भएको थियो । विस्फोट यति शक्तिशाली थियो कि खरानी अलास्कामा ९,१०० मिटर टाढा खसेको थियो। रिपोर्टका अनुसार रूसमा कुल ६१ सक्रिय ज्वालामुखीहरू छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह