2026-09-27 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हसिनाविरुद्ध हालसम्म ३१ मुद्धा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने

भदौ ६, काठमाडौँ । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि हालसम्म  हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन् ।

बंगलादेशको पत्रिका डेली स्टारका अनुसार हालसम्म हसिनाविरुद्ध न्यायाधिकरणमा चारवटा मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीनवटा घटना पछिल्लो समय विद्यार्थी आन्दोलनमा भएको हिंसासँग सम्बन्धित छन् । मोहम्मद अबुल हसन नामका एक व्यक्तिले हसिनाविरुद्ध सोमबार नरसंहारको उजुरी दिएका थिए । अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए । यसअघि कक्षा ९ का विद्यार्थी आरिफ अहमदका बुबाले पनि हसिनाविरुद्ध न्यायाधिकरणमा उजुरी दिएका थिए । आरिफलाई साउन ५ गते प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । २ दिनपछि उनको मृत्यु भयो ।

न्यायाधिकरणका अधिकारी अताउर रहमानले उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

शेख हसिनाले सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) स्थापना गरेकी थिइन् । यो न्यायाधिकरण सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो ।

बंगलादेशको अन्तरिम सरकारले हसिना विरुद्ध परेका उजुरीहरूको सम्बन्धमा संयुक्त राष्ट्र संघको निगरानीमा छानबिन गर्ने बताएको छ । अन्तरिम सरकारका कानुनी सल्लाहकार प्रा. आसिफ नजरुलले शेख हसिनालाई कमाण्ड दिने जिम्मेवारी रहेको भन्दै विद्यार्थी आरक्षण आन्दोलनका क्रममा मृत्युमा उनको भूमिकाको छानबिन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह