2026-09-06 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आन्ध्रप्रदेशमा एक उद्योगमा आगलागी हुदाँ १८ जनाको मृत्यु

भदौ ६, हैदाराबाद । आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । 

सो दुर्घटना परी अहिलेसम्म १८ जनाको मृत्यु भएको जानकारी स्थानिय प्रहरीले दिएको छ । हिजो अबेर राति प्रशासनले १७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो भने ३६ जना घाइते भएका जनाएको थियो ।

सबैलाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको छ। घटना अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा भएको हो । प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए । जसका कारण भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको थियो ।

कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन् । घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएका थिए । जसका कारण क्षति कम भएको जनाईएको छ । 

पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरुले बताएका छन् । यसले ५०० किलोलिटरको क्यापेसिटर रिएक्टरमा विस्फोट गराएको थियो ।

मध्यवर्ती रसायन र सक्रिय औषधि सामग्री (एपीआई) को निर्माता एसिएंटिया एडवांस्ड साइंसेजले २०० करोड रुपैयाँको लगानीमा यो कारखाना सुरु गरेको हो। यसको उत्पादन अप्रिल २०१९ मा सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ