2026-10-23 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

न्यूरालिङ्कको दाबी- मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने दोस्रो परीक्षण सफल

भदौ ६, काठमाडौँ । एलन मस्कको न्यूरालिङ्कले पक्षाघात भएका बिरामीहरूको लागि मस्तिष्क चिप्स बनाउन काम गरिरहेको छ । यस विषयमा न्यूरालिङ्कले दोस्रो परिक्षण सफल भएको जानकारी दिएको छ ।

न्यूरालिङ्कले वायरलेस चिप्स बनाएको छ, जसको मद्दतले शारीरिक रूपमा अशक्त बिरामीहरूले सामान्य रूपमा काम गर्न सक्ने बताएको छ ।

मस्कको ब्रेन टेक्नोलोजी स्टार्टअप न्यूरालिङ्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने दोस्रो परीक्षण सफल भएको दाबी गरेको छ । दोस्रो परीक्षणमा पनि बिरामीलाई कुनै समस्या नपरेको कम्पनीले दाबी गरेको छ । यसअघि पहिलो परीक्षणमा मस्तिष्कको चिप प्रत्यारोपण गरिएको बिरामीमा थ्रेड रिट्र्यासनको समस्या देखिएको थियो ।

न्यूरालिङ्कले पक्षाघात भएका बिरामीहरू वा मेरुदण्डमा चोट लागेको व्यक्तिहरूको लागि मस्तिष्क चिप्स बनाउन काम बर्षौदेखि गरिरहेको छ । पहिलो परीक्षणको क्रममा, बिरामी नोल्याण्ड अर्बाग, जसमा न्यूरालिङ्कले जनवरीमा उनको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो, केही समय पछि थ्रेड रिट्र्यासनको समस्या विकसित भयो । शल्यक्रिया पछि, अर्बागको मस्तिष्कमा रहेको धेरै साना फाइबरहरूमा संकुचनको समस्या देखियो । यसले मस्तिष्क संकेतहरू मापन गर्ने इलेक्ट्रोडहरूको संख्यामा गिरावट ल्यायो ।

चिप प्रत्यारोपण गरेपछि बिरामीको अवस्थामा सुधार आएको थियो । मिडिया रिपोर्टका अनुसार जनावरहरूमा परीक्षण गर्दा धागो फिर्ता हुने समस्या पनि देखिको थियो । अब कम्पनीले दोस्रो परीक्षणमा यस्तो समस्या नआएको दाबी गरेको छ ।

रिपोर्टमा न्यूरालिङ्कद्वारा डिजिटल चिप प्रत्यारोपण गरिएको पहिलो बिरामीले अब भिडियो गेमहरू खेल्न, इन्टरनेट पहुँच गर्न, सोशल मिडियामा पोस्ट गर्न, आदि गर्न सक्षम रहेको उल्लेख गरिएको छ । गत महिना मात्रै अर्को बिरामीमा चिपको परीक्षण गरिएको थियो।

न्यूरालिंक एउटा ब्रेन-चिप स्टार्टअप हो, जसको स्थापना सन् २०१६ मा एलोन मस्कले गरेका थिए । यस स्टार्टअप अन्तर्गत, एक सिक्का आकारको उपकरण (चिप) शल्यक्रियाको सहयोगमा मानव मस्तिष्कमा प्रत्यारोपण गरिएको छ । जसको धेरै पातलो तारहरू मस्तिष्कमा जान्छ र ब्रेन-कम्प्यूटर इन्टरफेसको विकास गर्दछ । यो डिस्कले मस्तिष्क गतिविधि दर्ता गर्छ र यसलाई साधारण ब्लुटुथ जडान मार्फत स्मार्टफोन जस्ता उपकरणमा पठाउछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने