2026-10-23 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनको दावीः ६ लाख रुसी सैनिकको मृत्यु, ९५ गाउँ कब्जामा

भदौ ६, किभ | युक्रेनले रुसका ६ लाख सैनिक मारेको दाबी गरेको छ । 

 उसका अनुसार रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । 

युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२४मा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएका छन्।

गत साढे दुई वर्षमा युक्रेनले ८,५२२ रुसी ट्याङ्क, १६,५४२ बख्तरबंद गाडी, १७,२१६ आर्टिलरी प्रणाली, १,१६६ रकेट प्रणाली, ९२८ वायु रक्षा प्रणाली, ३६७ हवाइजहाज, ३२९ वटा हेलिकप्टर, ३ सय ६६ रकेट ध्वस्त गरेको जनरल स्टाफले टेलिग्राममा जानकारी दिए । उनका अनुसार युक्रेनी सेनाले एक जहाज र थप १ पनडुब्बीलाई पनि ध्वस्त बनाएको दावी गरेको छ ।

उनले मंगलबार मात्रै १ हजार १० रुसी सैनिक मारिएको दाबी गरेका छ भने रुसी सेनाले पनि सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै २ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको थियो ।

उता, कुर्स्कमा भएको आक्रमणबाट आक्रोशित रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले युक्रेन र रुसबीच वार्ताका सबै बाटो बन्द गरिएको बताएका छन् । 

पुटिनअघि मेदभेदेव रुसका राष्ट्रपति थिए। उनले सामाजिक सञ्जालमा युक्रेनलाई पूर्ण रूपमा पराजित नगरेसम्म वार्ताको कुनै अर्थ नरहेको बताएका हुन । 

वास्तवमा विगत साढे दुई वर्षदेखि रुसी आक्रमणको सामना गर्दै आएको युक्रेनी सेनाले अब जवाफी हमला सुरु गरेको छ । अगस्ट ६ मा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । राष्ट्रपति जेलेन्स्कीका अनुसार पछिल्लो १५ दिनमा युक्रेनी सेनाले रुसको कुर्स्कका ९२ गाउँ कब्जा गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाले रुसको १२५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरेका हुन । युक्रेनी सेना प्रमुख अलेक्ज्याण्डर सिर्सकीले युक्रेनी सेना रुस भित्र ३५ किलोमिटर भित्र पसेको बताएका छन् । युक्रेनले गरेको अकस्मात आक्रमणपछि २ लाखभन्दा बढी रुसी नागरिक घर छोडेर भाग्न बाध्य भएको बीबीसीले जनाएको छ ।

उता, युक्रेनीले कुर्स्कको तेस्रो पुल पनि ध्वस्त पारेको छ । यसैबीच युक्रेनी सेनाले कुर्स्कमा बनेको तेस्रो पुल पनि भत्काएको छ । युक्रेनी वायुसेना कमाण्डर मिकोला ओलेशचुकले यसको पुष्टि गरेका हुन । यी सबै पुल कुर्स्क कोग्लूसकोवस्की जिल्ला मा सिम नदी मा निर्माण गरिएको थियो। 

अल जजीराका अनुसार यी सबै पुलहरू भत्किँदा रुसको आपूर्ति लाइनमा असर पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने