2026-07-29 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनको दावीः ६ लाख रुसी सैनिकको मृत्यु, ९५ गाउँ कब्जामा

भदौ ६, किभ | युक्रेनले रुसका ६ लाख सैनिक मारेको दाबी गरेको छ । 

 उसका अनुसार रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । 

युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२४मा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएका छन्।

गत साढे दुई वर्षमा युक्रेनले ८,५२२ रुसी ट्याङ्क, १६,५४२ बख्तरबंद गाडी, १७,२१६ आर्टिलरी प्रणाली, १,१६६ रकेट प्रणाली, ९२८ वायु रक्षा प्रणाली, ३६७ हवाइजहाज, ३२९ वटा हेलिकप्टर, ३ सय ६६ रकेट ध्वस्त गरेको जनरल स्टाफले टेलिग्राममा जानकारी दिए । उनका अनुसार युक्रेनी सेनाले एक जहाज र थप १ पनडुब्बीलाई पनि ध्वस्त बनाएको दावी गरेको छ ।

उनले मंगलबार मात्रै १ हजार १० रुसी सैनिक मारिएको दाबी गरेका छ भने रुसी सेनाले पनि सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै २ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको थियो ।

उता, कुर्स्कमा भएको आक्रमणबाट आक्रोशित रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले युक्रेन र रुसबीच वार्ताका सबै बाटो बन्द गरिएको बताएका छन् । 

पुटिनअघि मेदभेदेव रुसका राष्ट्रपति थिए। उनले सामाजिक सञ्जालमा युक्रेनलाई पूर्ण रूपमा पराजित नगरेसम्म वार्ताको कुनै अर्थ नरहेको बताएका हुन । 

वास्तवमा विगत साढे दुई वर्षदेखि रुसी आक्रमणको सामना गर्दै आएको युक्रेनी सेनाले अब जवाफी हमला सुरु गरेको छ । अगस्ट ६ मा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । राष्ट्रपति जेलेन्स्कीका अनुसार पछिल्लो १५ दिनमा युक्रेनी सेनाले रुसको कुर्स्कका ९२ गाउँ कब्जा गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाले रुसको १२५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरेका हुन । युक्रेनी सेना प्रमुख अलेक्ज्याण्डर सिर्सकीले युक्रेनी सेना रुस भित्र ३५ किलोमिटर भित्र पसेको बताएका छन् । युक्रेनले गरेको अकस्मात आक्रमणपछि २ लाखभन्दा बढी रुसी नागरिक घर छोडेर भाग्न बाध्य भएको बीबीसीले जनाएको छ ।

उता, युक्रेनीले कुर्स्कको तेस्रो पुल पनि ध्वस्त पारेको छ । यसैबीच युक्रेनी सेनाले कुर्स्कमा बनेको तेस्रो पुल पनि भत्काएको छ । युक्रेनी वायुसेना कमाण्डर मिकोला ओलेशचुकले यसको पुष्टि गरेका हुन । यी सबै पुल कुर्स्क कोग्लूसकोवस्की जिल्ला मा सिम नदी मा निर्माण गरिएको थियो। 

अल जजीराका अनुसार यी सबै पुलहरू भत्किँदा रुसको आपूर्ति लाइनमा असर पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै