2026-10-23 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनले चन्द्रमाबाट ल्याएको माटोबाट पानी बनाएको दाबी

भदौ ८, काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले २०२० अभियानबाट फिर्ता ल्याइएको चन्द्रमाको माटो प्रयोग गरेर ठूलो मात्रामा पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएका छन् । 

२०२० मा चीनको चाङ अ ५ मिसनले चन्द्रमाबाट माटोको नमूना ल्याउन सफल भएको थियो । ४४ वर्षमा पहिलो पटक चन्द्रमाबाट यस्तो नमूना ल्याइएको थियो । चाइनिज एकेडेमी अफ साइन्सेसका अन्वेषकहरूले ‘चन्द्र माटो’ मा ठूलो मात्रामा हाइड्रोजन हुने, जसले अत्यधिक उच्च तापक्रममा अन्य तत्वहरूसँग प्रतिक्रिया गरेर पानीको भाप बनाउने पत्ता लगाएका छन् ।

चीनको मिडिया सीसीटीभीले आफ्नो रिपोर्टमा भनेको छ- ‘तीन वर्षको गहन अनुसन्धान र बारम्बार पुष्टि भएपछि चन्द्रमाको माटो प्रयोग गरेर पानी बनाउने नयाँ तरिका पत्ता लागेको छ, जुन भविष्यमा चन्द्रमाको वैज्ञानिक अनुसन्धान केन्द्र र अन्तरिक्ष स्टेशनको निर्माणका लागि उपयोगी हुनेछ ।’

सीसीटीभीका अनुसार चिनियाँ वैज्ञानिकहरूले आफूले पत्ता लगाएको नयाँ विधि प्रयोग गरेर एक टन चन्द्रमाको माटोबाट करिब ५१-७६ केजी पानी बनाउन सकिन्छ, अर्थात् करिब १०० आधा लिटरको बोतल भर्न सकिन्छ वा पानीको लागि दैनिक आधारमा ५० जना व्यक्तिको आवश्यकता पूरा गर्न सकिन्छ ।

चीनको मिशनले चन्द्रमाको टाढाको भागबाट माटो र अन्य खनिजहरूको नमूना पृथ्वीमा ल्याइएको यो पहिलो पटक हो । चीनले आशा गरेको छ कि हाल र भविष्यका चन्द्र अभियानहरूले अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशनको लागि जग बसाल्नेछ, जुन यो रसियासँग सह-नेतृत्व गरिरहेको छ ।

चीनको अन्तरिक्ष एजेन्सीले २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा ‘बेस स्टेशन’ निर्माण गर्ने मिति तय गरेको छ र सन् २०४५ सम्ममा चन्द्रमाको परिक्रमा गर्ने अन्तरिक्ष स्टेशन थप्ने लक्ष्य राखेको छ। साथै दुवै देशले चन्द्रमामा आणविक उर्जा केन्द्र बनाउने योजनामा ​​पनि काम गरिरहेका छन् ।

चन्द्रमामा पानीको उपस्थिति मानिसलाई त्यहाँ स्थापित गर्न मात्र आवश्यक छैन। नासाले समेत चन्द्रमामा भेटिएको पानी हाइड्रोजन रकेट ईन्धन बनाउन प्रयोग गर्न सकिने बताएको छ, जसले मंगल ग्रह र अन्य गन्तव्यहरूमा थप अन्तरिक्ष अन्वेषणको लागि ईन्धन प्रदान गर्न सक्छ ।

अमेरिका र चीनबीच चन्द्रमाको स्रोत खोज्ने र निकाल्ने दौडको बीचमा, यो खोज चन्द्रमामा स्थायी उपस्थितिको चीनको दशकौं पुरानो परियोजनाको लागि महत्त्वपूर्ण हुन सक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने