२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पत्नीलाई परपुरुषसँग रंगेहात पक्रिंदा श्रीमानलाई ३ महिनाको जेल सजाय

१० भाद्र २०८१, सोमबार ०६:२९

एजेन्सी । आफ्नी धोकेबाज पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत एकजना ताइबानी पुरुषलाई उल्टै जेल सजाय भएको छ ।

ती व्यक्तिले आफ्नी पत्नी परपुरुषसँगको अवैध सम्बन्धमा रहेको बेला रंगेहात समाएका थिए । तर, अदालतले भने घरमा गोप्य क्यामेरा जडान गरेर पत्नीको गोपनीयता हनन् गरेको भन्दै उल्टै ती पुरुषलाई ३ महिनाको जेल सजाय सुनाएको हो ।

फान नामक ती व्यक्तिको धेरै वर्षअघि बिहे भएको थियो र सो दम्पतीका २ वटा सन्तान छन् । तर, उनलाई केही महिनाअघिदेखि नै आफ्नी पत्नीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको शंका लाग्यो । त्यसपछि उनले पत्नीको कर्तुतको पर्दाफास गर्नका लागि घरको बैठक कोठामा राखिने पियानोमा गोप्य ढंगले निगरानी क्यामेरा जडान गरे । त्यस्तै बेडरुममा रहेको कम्प्युटरसँगै पनि उनले अर्को क्यामेरा जडान गरे । त्यसरी क्यामेरा जडान गरेको दुई हप्तामै उनकी पत्नी एकजना अपरिचित पुरुषसँग बेडरुममै अन्तरंग क्रियाकलापमा संलग्न भएको दृश्य क्यामेरामा कैद भयो ।


आफ्नी पत्नी अर्कै पुरुषसँग सल्किएको सप्रमाण फेला पारेपछि उनले पत्नीसँग डिभोर्स मागे र सोही भिडियो क्लिपसहित डिभोर्सको मुद्दा हाल्ने निधो गरे ।

त्यसअघि सन् २०२२ को फेब्रुअरीमा उनले पत्नी र उनका वकिललाई सम्बन्ध विच्छेको छलफलका लागि बोलाएका थिए । तर, त्यसमा सहमति जुट्न नसकेपछि उनले पत्नीविरुद्ध आफ्नो सार्वजनिक छवि ध्वस्त बनाएको भन्दै अदालतमा अर्को मुद्दा हाले ।

तर, उनकी पत्नी पनि के कम ? पतिले आफ्नो सहमतिविना घरमा गोप्य क्यामेरा जडान गरेर आफ्नो गोपनीयता हनन् गरेको भन्दै उनले स्थानीय प्रहरी चौकीमा उजुरी दिइन् । साथै उनले सोही अभियोगमा अदालतमा समेत मुद्दा हालिन् ।

अदालतमा ती पुरुषले घरमा छोराछोरीहरूले आमा धेरैबेर बाथरुममा हराउने गरेको भनेपछि त्यही चिन्तालाई दूर गर्नका लागि क्यामेरा जडान गरेको जिकिर गरे । तर, न्यायाधीशले सो कुरा पत्याएनन् ।

अन्ततः गत वर्षको अन्त्यतिर ताओयुआन अदालतले सम्बन्धित व्यक्तिको सहमति तथा वैध कारण विनै अरु व्यक्तिको गोप्य गतिविधिको दृश्य खिचेको भन्दै फानलाई तीन महिनाको जेल सजाय सुनायो । उनले माथिल्लो अदालतमा पुनरावेदन गरेको भए पनि अदालतले तल्लो तहको फैसलालाई सदर गरेसँगै ती पुरुष ३ महिना जेल बस्नुपर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का