2026-07-29 06:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

क्यानडाबाट ७० हजार विदेशी विद्यार्थीलाई आफ्नो देश फर्काइने जोखिम

भदौ १४, काठमाडौँ । क्यानाडामा सङ्घीय अध्यागमन नीतिमा भएका परिवर्तनका कारण ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी आफ्नै देशमा फिर्ता हुनसक्ने जोखिम बढेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले शिक्षा अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर भर्ना घटाउने निर्णय गरेपछि विभिन्न देशबाट गएका विद्यार्थीहरू फर्काइन सक्ने जोखिम बढेको हो ।

सरकारको निर्णयको विरोधमा क्यानडाका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । देशभरका विद्यार्थीहरूले प्रिन्स एडवर्ड आइल्याण्ड, ओन्टारियो, मनिटोबा , ब्रिटिश कोलम्बिया लगायतका प्रान्तमा क्याम्प लगाएर र्‍यालीहरू आयोजना गरिरहेका छन् ।

युवा समर्थन नेटवर्क भनिने एक विद्यार्थी वकालत समूहका प्रतिनिधिहरूले स्नातक तह सकेका धेरै विद्यार्थीहरूले आफ्नो कार्य अनुमतिको म्याद सकिएपछि यस वर्षको अन्त्यमा बहिर्गमनको सामना गर्नुपर्ने बताउँदै आएका क्यानडाका सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ प्रान्तीय नीतिहरूले स्थायी बसोबासको नामाङ्कनमा २५ प्रतिशत कटौती गरेको छ । इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानडा (आईआरसीसी) का अनुसार यस वर्ष झण्डै ३ लाख ६० हजार विद्यार्थीले अनुमति पाउने अपेक्षा गरिएको छ जुन गएको वर्षको तुलनामा ३५ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै