2026-09-27 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डाक्टर बलात्कार र हत्या आरोपितले भने,‘डाक्टरलाई खोज्दै गल्तीवश सेमिनार कोठामा पुगेको थिएँ, शव देखेपछि डराएर भागेँ’

भदौ १७, काठमाडौँ । प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याका अभियुक्त सञ्जय रोयले घटनाबारे नयाँ दाबी गरेका छन् । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार पोलिग्राफ टेस्टमा उनले सीबीआईलाई अगस्ट ८ को राति सेमिनार कोठामा गल्तीवश प्रवेश गरेको बताएका हुन् ।

अगस्त २५ मा सीबीआईले केन्द्रीय फोरेन्सिक टोलीको सहयोगमा कोलकाताको प्रेसिडेन्सी जेलमा आरोपित रोयको पोलिग्राफ परीक्षण गराएको थियो । अधिकारीहरूले उनीसँग करिब ३ घण्टा सोधपुछ गरेका थिए । उनीसहित हालसम्म १० जनाको पोलिग्राफ परीक्षण भइसकेको छ । जसमा आरजी कारका पूर्व प्रधानाध्यापक सन्दीप घोष, एएसआई अनुप दत्त, ४ जना सह चिकित्सक, एक स्वयंसेवी र दुई जना गार्ड रहेका छन् । 

अभियुक्तका अनुसार एक जना बिरामीको अवस्था नाजुक थियो । उनलाई अक्सिजन चाहिएको थियो । त्यही भएर उनले डाक्टरलाई खोजिरहेका थिए । यसैबिच आफू तेस्रो तल्लाको सेमिनार कोठामा पुगेको रोयको भनाई छ । उनका अनुसार प्रशिक्षार्थी डाक्टरको शव त्यहीँ थियो । उनले डाक्टरको शरीरलाई हल्लाए, तर कुनै चाल थिएन। जसका कारण आफू डराएको र बाहिर भागेको उनको भनाई छ ।

यसै क्रममा कुनै चीजसँग ठोक्किँदा आफ्नो ब्लुटुथ उपकरण त्यहीँ खसेको रोयको जिकिर छ। आरोपितले प्रशिक्षार्थी डाक्टरलाई पहिले नै नचिनेको दाबी गरेका छन् । घटना भएको दिन अस्पतालको गेटमा सुरक्षाकर्मी नभएको र कसैले नरोकेको पनि उनले बताए । डाक्टरको शव अगस्त ९ को बिहान फेला परेको थियो । त्यसपछि देशभरका चिकित्सकहरू सडकमा उत्रिएका थिए । सर्वोच्च अदालतको पुनरावेदनपछि धेरै अस्पतालका चिकित्सकले हडताल रद्द गरेका छन् ।

कोलकाता उच्च अदालतको आदेशमा सीबीआईले यस मुद्दाको अनुसन्धान गरिरहेको छ। एजेन्सीले अगस्त २९ तारिखमा अस्पतालका दुईजना सुरक्षा गार्डको पोलिग्राफ टेस्ट गरेको थियो । सो रात अस्पतालको मुख्य गेटमा दुवै गार्डलाई तैनाथ गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह