2026-09-27 07:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्रम्प र ह्यारिस राष्ट्रपतिको टेलिभिजन बहसमा आमने सामने

भदौ २६, काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका छन् । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो । बहस सुरु गर्दै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् ।

ट्रम्पले कमला ह्यारिसलाई सोधे, ‘के तपाईलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको भन्दा राम्रो अवस्थामा छ ?’ यसबारे कमला ह्यारिसले आफू अवसरको अर्थतन्त्र बनाउने योजनामा ​​रहेको बताइन् । ह्यारिसले भनिन्, ‘ट्रम्पले पछिल्लो पटक जस्तै अर्बपति र व्यापारीहरूलाई कर छुट दिने योजना बनाएका छन् ।’, उनले भनिन्, ‘ट्रम्पले के भनेका छन् त्यसको १६ नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले आलोचना गरेका छन् र उनीहरूलाई लागु भयो भने अर्को वर्ष मन्दी आउने विश्वास छ ।’

ह्यारिसले भनिन्, ‘डोनाल्ड ट्रम्पले हामीलाई महामन्दी पछिको सबैभन्दा खराब बेरोजगारी दरको साथ छोडिदिनुभयो । हामीले डोनाल्ड ट्रम्पले छोडेको गडबडी सफा गर्नुपर्‍यो ।’ ह्यारिसले ट्रम्पको ‘प्रोजेक्ट २०२५’ लाई खतरनाक योजना भनेकी छन् र ट्रम्प आए भने त्यसलाई कार्यान्वयन गर्ने बताएकी छन् ।

यस बहसका लागि केहि नियम बनाइएको थियो, जसलाई दुवै उम्मेदवारले पालना गर्नुपर्ने गरि सहमति गरिएको थियो ।  एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो । नेपाली समय अनुसार बिहान ६: ४५ बजे सुरु भएको यो बहस बिहान ८: १५ बजेसम्म चलेको थियो ।

यो नियम अनुसार बहसका क्रममा दुई उम्मेदवारले आफ्ना सहकर्मी वा कर्मचारीसँग कुरा गर्न नपाउने गरी दुईवटा ब्रेक लिनेछन् । बहसको लागि कुनै पूर्व नोट वा लिखित सामग्री प्रयोग गर्न पाइने छैन ।

त्यसैगरी बहस अघि टस भएको थियो, जसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लगाइएको थियो । यस बहसमा डोनाल्ड ट्रम्पले अन्तिममा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह