2026-09-06 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा लगायो नयाँ प्रतिबन्ध

भदौ २९, काठमाडौँ । अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा नयाँ प्रतिबन्ध लगाएको छ । यो घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस च्यानललाई ‘रुसी गुप्तचर प्रणालीको हिस्सा’ भनेर वर्णन गरेका छन् ।

आरटी रूसी समर्थित मिडिया आउटलेटहरूको नेटवर्कको हिस्सा हो, जसले गोप्य रूपमा संयुक्त राज्यमा लोकतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको छ, अमेरिकाले प्रतिबन्ध लगाउदै भनेको छ । रूसी सरकारले साइबर सञ्चालन क्षमताहरू र रूसी गुप्तचरहरूसँग काम गर्ने एकाइलाई आरटी भित्र समावेश गरेको अमेरिकाको आरोप छ ।

आरटीले सोशल मिडिया प्लेटफर्म एक्समा एन्टोनी ब्लिन्केनको टिप्पणीलाई लाइभ स्ट्रिम गरेको थियो र यसलाई अमेरिकाको पछिल्लो षड्यन्त्र भनेको थियो ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसमाथि प्रतिबन्ध लगाउने विशेषज्ञ बन्न अमेरिकाले ‘नयाँ काम’ गर्नुपर्ने बताएकी छन् । आरटीका कर्मचारी र यसको सम्पादक-इन-चीफ मार्गरिटा सिमोनियनलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा गत हप्ता प्रतिबन्ध लगाइएको थियो ।

यूएस स्टेट डिपार्टमेन्टले आरटी (पहिले रूस टुडे) लाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा “सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद” मा संलग्न भएको आरोप लगाए ।

एन्टोनी ब्लिन्केनले युक्रेनमा लडिरहेका रुसी सेनाका लागि बडी आर्मर, स्नाइपर राइफल, ड्रोन र अन्य उपकरणहरू किन्नको लागि आरटीलाई अनलाइन फन्डरेजर चलाएको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ