2026-09-27 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विवादास्पद ‘सुसाइड क्याप्सुल’ प्रयोग गरी अमेरिकी महिलाको आत्महत्या, कयौँ व्यक्ति पक्राउ

असोज ९, काठमाडौँ । स्विट्जरल्यान्डको उत्तरी क्षेत्र मेरिशाउसेनमा पहिलो पटक विवादास्पद ‘सुसाइड क्याप्सुल’ प्रयोग गरी एक अमेरिकी महिलाले आत्महत्या गरेपछि कयौँ व्यक्तिलाई पक्राउ गरिएको छ। ६४ वर्षीया महिलाको मृत्युमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो, र आत्महत्या उक्साएको तथा सहयोग गरेको आशङ्कामा फौजदारी अनुसन्धान सुरु गरिएको छ।

‘सर्को’ नामक यो क्याप्सुल, जसलाई अहिलेसम्म कहिल्यै प्रयोग गरिएको थिएन, नाइट्रोजन ग्यासले भरिएको कक्षमा मानिसले बटन थिचेर केही मिनेटमा शान्तिपूर्ण निन्द्रामा जाँदै सास रोक्न सक्ने गरी डिजाइन गरिएको छ। उक्त उपकरणलाई नेदरल्यान्ड्समा आधारित Exit International नामक समूहले ३ डी प्रिन्टिङ प्रविधिको सहायतामा बनाएको हो, जसको विकासमा १ मिलियन डलरभन्दा बढी लागत लागेको थियो।

प्रहरीले दिएको जानकारीअनुसार, सोमबार एक कानुनी फर्मले मेरिशाउसेनको जंगल नजिकैको एउटा कुटीमा सर्को उपकरणको प्रयोग गरी आत्महत्या भएको सूचना दिएको थियो। उक्त घटनामा Exit International का स्विस शाखाका सह–अध्यक्ष फ्लोरियन विलेट मात्र उपस्थित थिए र उनले महिलाको मृत्युलाई “शान्तिपूर्ण, छिटो, र सम्मानजनक” भनेका छन्।

यस घटनामा एक डच फोटोग्राफरलाई पनि पक्राउ गरिएको छ, जसले क्याप्सुलको प्रयोगको तस्बिर लिन खोजेका थिए।

Exit International ले जारी गरेको विज्ञप्तिमा ६४ वर्षीया अमेरिकी महिलाले गम्भीर रोगको शिकार भएपछि सर्को उपकरण प्रयोग गरी मृत्यु रोजेको बताइएको छ। Exit International का संस्थापक, अस्ट्रेलियाली डा. फिलिप निट्स्चके ले यस उपकरणले ‘औषधि-रहित शान्तिपूर्ण मृत्यु’ प्रदान गरेकोमा सन्तोष व्यक्त गरेका छन्।

यद्यपि, स्विस स्वास्थ्य मन्त्री एलिसाबेथ बाउमे-शनाइडर ले संसदमा सर्को उपकरण कानुनअनुसार प्रयोग गर्न नपाइने बताएकी छन्। उनले भनेकी छन्, “यो उपकरण उत्पादन सुरक्षा कानूनको मापदण्ड पूरा गर्दैन र यसमा प्रयोग भएको नाइट्रोजन रसायन कानूनसँग मेल खाँदैन।”

स्विट्जरल्यान्डले कानुनी रूपमा मानिसहरूलाई आत्महत्यामा सघाउन दिने थोरै देशहरूमध्ये एक हो, तर केही राजनीतिज्ञहरूले कानुनमा रहेको अस्पष्टता हटाउन जोड दिँदै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह