2026-09-27 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के-पप ब्याण्ड ‘BTS’ का सुगालाई अदालतले तिरायो ११ हजार डलर जरिवाना

असोज १४,  काठमाडौं । के-पप ब्याण्ड बीटीएसका सुगालाई मादक पदार्थ सेवन गरी इलेक्ट्रिक स्कुटर चलाएको आरोपमा १५ मिलियन युआन (११ हजार ५०० अमेरिकी डलर) जरिवाना तिराइएको बीबीसीले जनाएको छ ।

मिन युन–गी वास्तविक नाम भएका गायकलाई सियोलस्थित घर नजिक स्कुटरबाट लडेपछि उठ्न खोज्दै गरेको बेला उनले मादक पदार्थ सेवनपछि मातेको हालतमा पाइएको थियो ।

प्रहरीलाई उध्दृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३१ वर्षीय गायकको रगतमा अल्कोहलको मात्रा ०.२७७ प्रतिशत थियो, जुन ०.०८० प्रतिशत थ्रेसहोल्ड भन्दा अधिक हो । पछिल्लो शुक्रबार सियोलस्थित अदालतले उनलाई जरिवानाको सजाय सुनाएको हो ।

हाल सामाजिक सेवा एजेन्टको रूपमा अनिवार्य सैन्य कर्तव्य निर्वाह गर्दै आएका गायकको यसअघि नै ड्राइभिङ लाइसेन्स खारेज भइसकेको छ ।

०.२ प्रतिशतभन्दा बढी रगतमा अल्कोहलको मात्रा लिएर गाडी चलाउँदा दक्षिण कोरियाली सडक ट्राफिक ऐन अन्तर्गत पाँच वर्षसम्मको जेल सजाय वा २० मिलियन वोनसम्म जरिवाना हुनसक्छ ।

सियोलको सैन्य जनशक्ति प्रशासनले सुगालाई सैन्य कानुन नभएर ट्राफिक कानुन अनुसार कारबाही गरिने बताएको छ किनभने उक्त घटना आधिकारिक समयभन्दा बाहिर भएको थियो ।

अगस्टको अन्तमा, बीटीएस सदस्यले हस्तलिखित माफी माग्दै आफूले ब्याण्डको नाम कलंकित गरेको बताएका थिए ।

‘मैले मेरा सदस्य र हाम्रा प्रशंसकसँग मिलेर बनाएका बहुमूल्य सम्झनामा ठूलो दाग पोतेको छु । मैले बीटीएसको नाम कलंकित गरेको छु’ उनले लेखेका थिए ।

संसारको सबैभन्दा लोकप्रिय युवक ब्याण्डका सात सदस्य सन् २०२२ देखि अनिवार्य सैन्य सेवामा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह