१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बच्चालाई सास फेर्दा आउँथ्यो दुर्गन्ध, २ वर्षपछि जाँच गर्दा नाकमा फलामको स्क्र्यू अड्किएको फेला!

२१ आश्विन २०८१, सोमबार १५:१०

एजेन्सी | प्रायः हामी सानातिना स्वास्थ्य समस्याहरूलाई बेवास्ता गर्ने बानी हुन्छ। जबसम्म कुनै गम्भीर समस्या उत्पन्न हुँदैन, हामीलाई डाक्टरकहाँ जान जरुरी लाग्दैन। यस्तै एउटा घटना चीनमा भएको छ, जसले सबैलाई चकित बनाएको छ।

अडिटी सेन्ट्रलको रिपोर्ट अनुसार यो चीनको हेनान प्रान्तको जिओजुओ नामको ठाउँको हो । यहाँ बस्ने एक बालकले आफ्ना अभिभावकलाई लामो समयसम्म दुर्गन्धको बारेमा बताउँदै आएका थिए, तर उनीहरूले यसलाई खासै गम्भीर रुपमा लिएनन्। बच्चाले गन्ध कस्तो थियो भनेर ठीकसँग बताउन नसक्दा र अभिभावकले पनि कुनै गन्ध थाहा नपाउँदा, यो कुरा दुई वर्षसम्म नजरअन्दाज गरियो। बालकको गुनासो पछिल्ला केही हप्ताहरूमा बढ्दै गएपछि, अन्ततः अभिभावकहरूले उनलाई डाक्टरकहाँ लगे।

डाक्टरहरूले बालकको नाकको जाँच गर्दा, उनको नाकमा एउटा कालो रंगको वस्तु फेला पारे। टाउकोको सिटी स्क्यान गरेपछि, नाकभित्र निकै माथि धातुको पेच अड्किएको पत्ता लाग्यो।

नाकमा गम्भीर संक्रमणका कारण धातुको वस्तुलाई निकाल्न शल्यक्रिया आवश्यक ठहरियो। शल्यक्रियामा सफलतापूर्वक पेच निकालिएको थियो, जुन नाकमा सुकिएको रगत र निस्किएको स्रावले ढाकिएको थियो।

डाक्टरहरूले यस्तो अवस्थामा बच्चाहरूको नाकमा कुनै पनि अनौठो वस्तु अड्किएको संकेत नाकबाट अस्वाभाविक तरिकाले सास तान्नु, नाक चिलाउनु, र दुर्गन्ध आउने समस्या भएको बताए। यस्तो अवस्थामा तुरुन्तै ध्यान दिन अभिभावकलाई सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का