2026-09-19 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान

एजेन्सी । अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीका नाममा अन्तर्राष्ट्रिय फुटबलमा अर्को नयाँ कीर्तिमान बनेको छ। दक्षिण अमेरिकी फिफा विश्वकप छनोट अन्तर्गत १०औं चरणको खेलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध ६–० गोलअन्तरको जित निकाल्दा ३८ वर्ष नजिक रहेको मेसीले एकै खेलमा ५ गोलमा योगदान दिने जेठो खेलाडीको रुपमा नयाँ कीर्तिमान बनाएका छन।

उक्त खेलमा मेसीले गरेको ह्याट्रिक गोल र दुई असिस्टपछि उनका नाममा उक्त नयाँ कीर्तिमान बनेको हो। अर्जेन्टिनाको घरेलु मैदानमा करिब एक वर्षपछि खेलेका मेसीले सहकर्मीका लागि दुई गोलमा पास मिलाए भने आफूले ह्याट्रिक गोल गरेर एकै खेलमा ५ गोलमा योगदान दिए।

यस्तो नतिजापछि मेसी अब अन्तर्राष्ट्रिय फुटबलमा एउटै खेलमा ५ गोलमा योगदान दिने सबैभन्दा जेठा खेलाडी बनेका हुन्। मेसी उमेरले अहिले ३८ वर्ष नजिक छन्। फिफा अन्तर्गत कुनै पनि अफिसियल खेलमा यो उमेरमा यसअघि कुनै पनि खेलाडीले एकै खेलमा ह्याट्रिक गोल र दुई असिस्ट गरेर पाँच गोलमा योगदान दिएको थिएन।

दक्षिण अमेरिकी फुटबल महासंघले मेसीको यो रेकर्डबारे अफिसियल वेबसाइटमा चर्चा गरेको छ । जारी विश्वकप छनोट खेलमा मेसीले ६ गोल गरेका छन्। उनी सर्वाधिक गोलकर्ता खेलाडी हुन्। उक्त म्याचमा तीन गोल गरेसँगै मेसीले अन्तर्राष्ट्रिय फुटबलमा गरेको कूल गोल संख्या ११२ पुगेको छ । साथै, उनको कूल करियर गोल संख्या ८४६ पुगेको छ।

मेसीको १०औं अन्तर्राष्ट्रिय ह्याट्रिक

अर्जेन्टिनी कप्तान लिओनल मेसीले आफ्नो १०औं अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गर्दै आफ्नो करियरको ११२ गोल पुर्‍याएका छन्। अर्जेन्टिनालाई विश्वकप छनोटअन्तर्गत गत बुधबार बोलिभियामाथि ६–० को जित दिलाउँदा उनले आफ्नो करियरको १०औं ह्याट्रिक पूरा गरेका हुन्।

कोपा अमेरिकापछि दाहिने घुँडाको चोटबाट मुक्त हुने क्रममा उनले छनोटका केही खेल गुमाएका थिए। तर, बोलिभियाविरुद्ध १९औं मिनेटमा गोल गरेका मेसीले एस्टाडियो मोनुमेन्टलमा आफ्ना समर्थकसामु पूरै समय खेले। मेसीले ८४औं र ८६औं मिनेटमा गोल थपेका थिए। अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गरेका छन्। उनको नाममा १३३ गोल छ। मेसी दोस्रो सर्वाधिक गोलकर्ता हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ