2026-10-23 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रूसमा सेना पठाउने उत्तर कोरियाको तयारी, सियोल र नेटो चिन्तित

एजेन्सी । उत्तर कोरियाले रसियासँग सैन्य सहकार्य गर्ने तयारी गरेको छ । उत्तर कोरियाले रूसमा सेना पठाउन गरेको तयारी गरेपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण कोरियाको समाचार एजेन्सीका अनुसार प्योङयाङ र मस्को बिचको सैन्य सहयोग बारे संयुक्त प्रतिक्रियासहित छलफल गर्न नेटो महासचिव मार्क रुट र युन बीच फोन वार्ता भएको थियो । युक्रेनमा रूसको सैन्य कारबाही तथा रूस र उत्तर कोरियाबिचको मामिला इन्डो–प्यासिफिक क्षेत्र र एटलान्टिक क्षेत्रको सुरक्षासँग जोडिएको पुनः एकपटक पुष्टि हुने युनले वार्तामा बताएका छन् । जसले अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारी कोरियाली प्रायद्वीप र विश्वव्यापी शान्ति खतरामा पार्नेसमेत उनले उल्लेख गरेका छन् ।

नेटो र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यमा यसको प्रतिक्रीया खोज्ने आशा व्यक्त गर्दै युनले दक्षिण कोरियाले प्योङयाङ र मस्कोबिचको सैन्य सहयोगको विरुद्ध सक्रिय रही चरणबद्ध उपायहरू अवलम्बन गर्ने बताए । वार्ताका क्रममा रुटले उत्तर कोरियाले रूसमा सेना पठाउने निश्चित गरेको ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै, यो निर्णयले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद्का प्रस्तावहरूको खुल्लमखुल्ला उल्लङ्घन गरेको बताए ।

उनले रूस र उत्तर कोरियाबिचको सैन्य सहयोगको जवाफ दिन दक्षिण कोरियालाई सक्रिय रूपमा सहयोग गर्न नेटो तयार रहेको कुरामा जोड दिँदै दक्षिण कोरिया, युक्रेन र नेटोबीच रक्षा सहयोग र सुरक्षा संवादलाई सुदृढ पार्ने आशा व्यक्त गरे ।

दुवै पक्षले प्रविधिको प्रयोगसहित रुस र उत्तर कोरियाबिचको सहकार्यको घटनाक्रमलाई नजिकबाट निगरानी गर्न र संयुक्त प्रतिक्रिया गर्न सहमत भएका छन् । दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले शुक्रबार उत्तर कोरियाले युद्धमा रूसलाई सहयोग गर्न करिब १२ हजार सेना पठाउने निर्णय गरेको तथा एक हजार ५०० सय सेना रुसको सुदूर पूर्वमा पठाएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने