१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हसिनाविरुद्धको हत्या मुद्दामा अदालतको अनुसन्धान प्रतिवेदन बुझाउन आदेश, अहिलेसम्म दर्ता भए २२५ मुद्दा

११ कार्तिक २०८१, आईतवार १६:५३

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दर्ता भएको हत्याको मुद्दामा सुनुवाइ भएको छ । ढाकाको एक अदालतले नोभेम्बर २८ भित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको बंगलादेशी पत्रिका डेली स्टारले जनाएको छ ।

मुद्दा मिरपुरमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको १८ वर्षीय कलेज विद्यार्थीको मृत्युसँग सम्बन्धित छ । मुद्दामा हसिना र अन्य २३ जनालाई विपक्षी बनाइएको छ ।

आन्दोलनका क्रममा सुरक्षा बलको कारबाहीमा ती विद्यार्थीको मृत्यु भएको थियो । गत अगस्ट १५ मा मृतकका भाइले हत्या मुद्दा दायर गरेका थिए ।

हसिनामाथि हिंसामा प्रत्यक्ष संलग्न वा प्रोत्साहन गरेको आरोप लगाइएको छ । हसिनाबाहेक उनको सरकारमा पूर्वगृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिर, पूर्व कानूनमन्त्री अनीसुल हक र पूर्व पुलिस आईजी चौधरी अब्दुल्लाह अल–मामुन पनि छन् ।

हसिनाविरुद्ध २२५ मुद्दा दर्ता

हसिनाविरुद्ध हालसम्म २२५ मुद्दा दर्ता भएका छन् । जसमध्ये १९४ हत्या, १६ नरसंहार, तीन अपहरण, ११ ज्यान मार्ने प्रयास र विपक्षी दलको कार्यक्रममा आक्रमण गरेको सम्बन्धी एउटा मुद्दा छ ।

बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक प्रदर्शन भएको थियो । यस अवधिमा आगजनी पनि भएको थियो ।

सरकार विरोधी प्रदर्शनपछि शेख हसिना अगस्ट ५ मा भारत आएकी थिइन् । आन्दोलनरत विद्यार्थीहरूले आरक्षणको विरोधमा शेख हसिनाको राजीनामा माग गर्दै जुन महिनादेखि आन्दोलन गर्दै आएका थिए । प्रदर्शनका क्रममा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का