2026-09-27 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हसिनाविरुद्धको हत्या मुद्दामा अदालतको अनुसन्धान प्रतिवेदन बुझाउन आदेश, अहिलेसम्म दर्ता भए २२५ मुद्दा

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दर्ता भएको हत्याको मुद्दामा सुनुवाइ भएको छ । ढाकाको एक अदालतले नोभेम्बर २८ भित्र अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको बंगलादेशी पत्रिका डेली स्टारले जनाएको छ ।

मुद्दा मिरपुरमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको १८ वर्षीय कलेज विद्यार्थीको मृत्युसँग सम्बन्धित छ । मुद्दामा हसिना र अन्य २३ जनालाई विपक्षी बनाइएको छ ।

आन्दोलनका क्रममा सुरक्षा बलको कारबाहीमा ती विद्यार्थीको मृत्यु भएको थियो । गत अगस्ट १५ मा मृतकका भाइले हत्या मुद्दा दायर गरेका थिए ।

हसिनामाथि हिंसामा प्रत्यक्ष संलग्न वा प्रोत्साहन गरेको आरोप लगाइएको छ । हसिनाबाहेक उनको सरकारमा पूर्वगृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिर, पूर्व कानूनमन्त्री अनीसुल हक र पूर्व पुलिस आईजी चौधरी अब्दुल्लाह अल–मामुन पनि छन् ।

हसिनाविरुद्ध २२५ मुद्दा दर्ता

हसिनाविरुद्ध हालसम्म २२५ मुद्दा दर्ता भएका छन् । जसमध्ये १९४ हत्या, १६ नरसंहार, तीन अपहरण, ११ ज्यान मार्ने प्रयास र विपक्षी दलको कार्यक्रममा आक्रमण गरेको सम्बन्धी एउटा मुद्दा छ ।

बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक प्रदर्शन भएको थियो । यस अवधिमा आगजनी पनि भएको थियो ।

सरकार विरोधी प्रदर्शनपछि शेख हसिना अगस्ट ५ मा भारत आएकी थिइन् । आन्दोलनरत विद्यार्थीहरूले आरक्षणको विरोधमा शेख हसिनाको राजीनामा माग गर्दै जुन महिनादेखि आन्दोलन गर्दै आएका थिए । प्रदर्शनका क्रममा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह