2026-08-21 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोड्रीले बालोन डि’ओर जित्दा किन रिसायो रियल म्याड्रिड ?

काठमाडौं । स्पेनिस जायन्ट रियल म्याड्रिड आफ्ना स्टार स्ट्राइकर भिनिसियस जुनियरले बालोन डी’ओर अवार्ड जित्न नसक्दा रिसाएको छ। जुनियरलाई पछि पार्दै स्पेन तथा म्यानचेस्टर सिटीका स्टार रोड्रीले बालोन डि’ओर अवार्ड जित्दा रियलले उक्त समारोह नै बहिष्कार गर्यो।

उक्त समारोहमा रियल म्याड्रिड वर्षको उत्कृष्ट क्लबको रुपमा सम्मानित भएको थियो भने प्रशिक्षक कार्लो एन्सेलोटी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। जहाँ उनलाई पहिलो पटक क्रुइफ ट्रफीको उपाधि प्रदान गरिने कार्यक्रमसमेत थियो। तर, रियलका कुनैपनि प्रतिनिधि समारोहमा देखिएनन्।

उनीहरुले सोमबार केही विश्वसनीय सञ्चारमाध्यामहरुमा बालोनडी’ओर जुनियरले जित्न नसक्ने समाचारहरू प्रकाशित गरेपछि रियलले समारोह बहिष्कार गरेको बताइएको छ। त्यहाँ रियलको तर्फबाट पुरस्कार ग्रहण र मन्तव्य राख्ने कोही थिएनन्। लगत्तै कार्यक्रम समारोह अघि बढाइएको थियो।

यो पटक बालोन डि’ओरका लागि रियलका ७ खेलाडी मनोनयनमा परेका थिए। जसमा जुनियरले सर्वाधिक बलियो दाबेदार मानिएको थियो। अधिकांश फुटबल विश्लेषकले पनि जुनियर र रोड्रिबीचनै प्रतिस्पर्धा हुने र जुनियर बालोन डि’ओरका लागि सर्वाधिक योग्य भएको दाबी गरेका थिए। तर जुनियरलाई रोड्रीले पछि पारेपछि रियलले समारोहमा नै उपस्थिति जनाएनन्।

विजेता २८ वर्षीय मिडफिल्डर रोड्रीले गत सिजन क्लब र देशका लागि केवल एक खेल मात्र हारेका थिए। उनले जुलाईमा स्पेनलाई युरो-२०२४ को उपाधि दिलाएका थिए। उनले सिटीका लागि प्रिमियर लिग, युएफा सुपर कप र क्लब वर्ल्डकप जितेका थिए। रोड्री सिटीको तर्फबाट बालोन डी’ओर जित्ने क्लब इतिहासकै पहिलो खेलाडीसमेत बने।

पहिलो पटक यो अवार्ड हात पारेपछि रोड्रीले भने ‘मेरो, परिवार र देशका लागि आजको दिन धेरै विशेष छ,’ रोड्रीले थपे ‘यो मेरो लागि मात्र नभएर सिंगो स्पेनि फुटबलको जित हो। ती सबै खेलाडीका लागि हो जो योग्य भएर पनि जित्न असफल भए।’ उनले उदाहरण दिँदै भने, ‘आन्द्रे इनिस्टा , जाभी हर्नान्डेज, इकर कासिलास, सर्जियो बुस्केट्स र अन्य धेरै।’

रोड्रीले बालोन डी’ओर जित्दा रियलका भिनिसियस दोस्रो र रियलकै मिडफिल्डर जुड बेलिङघम तेस्रो स्थानमा रहे। २००५ मा फ्र्याङ्क लाम्पार्ड दोस्रो स्थानमा रहे यता कुनैपनि इंग्लिस खेलाडी बालोन’डीओरका लागि नजिक पुगेको यो पहिलो पटक हो।

महिला तर्फ भने स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर एइटना बोनमाटीले अवार्ड हात पार्न सफल भइन्। उनले लगातार दोस्रो पटक यो अवार्ड हात पारिन्। उनले गत सिजन क्लबका लागि सबै खाले उपाधि जितेकी थिइन्।

उनले बार्सिलोनाका लागि लालिगा, च्याम्पियन्स लिग, सुपर कप र कोपा डेल रे जित्दै एतिहासिक रुपमा ‘क्वार्डरुप्ले’ जिताएकी थिइन्।

२६ वर्षीया उनले सबै खाले प्रतियोगितामा गरी क्लबका लागि कुल १९ गोल गरेकी थिइन्। त्यस्तै चेल्सीकी एमा हायसले महिला प्रशिक्षकको अवार्ड हात पार्न सफल भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’