2026-09-27 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय विमानहरूलाई बमले उडाउने धम्की दिने व्यक्तिको खुल्यो पहिचान

नयाँ दिल्ली । भारतीय विमान सेवा प्रदायक कम्पनीहरूलाई विमानलाई बमले उडाइदिने धम्की आउने क्रम रोकिएको छैन । पछिल्लो १३ दिनयता कम्पनीहरूले तीन सयभन्दा धेरै धम्की आएका हुन् ।

यी सबैको पछाडि कसको हात छ भन्ने प्रश्न बारम्बार उठिरहेको छ । यसैबिच नागपुर प्रहरीले ठुलो सफलता हात पारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस मामिलामा प्रहरीले महाराष्ट्रको गोन्दियाका ३५ वर्षीय पुरुषको पहिचान गरेका छन् । बम राखेको झूटा धम्कीका पछाडि यही व्यक्तिको हात रहेको बताइएको छ ।

२०२१ मा परेका थिए पक्राउ
नागपुर प्रहरीको विशेष शाखाले ती व्यक्तिलाई जगदीश उइकेको रूपमा पहिचान गरेको एक अधिकारीले बताएका छन् । । उनी सन २०२१ मा एक मामिलामा पक्राउ परिसकेका छन् ।

उइकेले आतङ्कवादसम्बन्धी किताब पनि लेखेका थिए । धम्की पूर्ण इमेलमा आफ्नो संलग्नताबारे प्रहरीले भेउ पाएको थाहा पाएपछि उइके हाल फरार रहेको बताइएको छ ।

क–कसलाई पठाएका थिए इमेल ?
प्रहरी उपायुक्त (डीसीपी) श्वेता खेडकरको नेतृत्वमा भएको अनुसन्धानमा उइकेको इमेलसँग सम्बन्धित जानकारी बाहिर आएको हो । उइकेले प्रधानमन्त्रीको कार्यालय, रेल मन्त्री, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे र उनका उपप्रमुख, एयरलाइन्स कार्यालयहरू, प्रहरी महानिदेशक (डीजीपी) र रेलवे सुरक्षा बल (आरपीएफ)लगायत विभिन्न सरकारी निकायहरूलाई इमेल पठाएका थिए ।

उइकेले आतङ्कवादी खतराबारे चर्चा गर्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न अनुरोध पनि गरेका थिए । उइकेले अक्टोबर २१ मा रेल मन्त्री अश्विनी वैष्णवलाई इमेल पठाएका थिए । यो इमेल डीजीपी र आरपीएफलाई पनि पठाइएको थियो ।

धम्कीपूर्ण मेल आएपछि रेलवे स्टेसनहरूमा सुरक्षा बढाइएको थियो । उइकेलाई पक्राउ गर्न विशेष टोली गठन गरिएको छ ।

१३ दिनमा ३०० भन्दा धेरै विमानमा धम्की
गत अक्टोबर २६ सम्मको १३ दिनमा भारतीय वायुसेवा प्रदायक कम्पनीका ३ सयभन्दा बढी उडानमा बम राखिएको धम्की आएको थियो । धेरै जसो धम्कीहरू सामाजिक सञ्जाल मार्फत दिइएको थियो । अक्टोबर २२ मा एकैदिन इन्डिगो र एयर इन्डियाका १३–१३ उडानसहित करिब ५० विमानमा बमको धम्की आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह