१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतको अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

१९ कार्तिक २०८१, सोमबार १३:५८

उत्तराखण्ड | भारतको उत्तराखण्डस्थित अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । अल्मोडाको मार्चुलामा यात्रुले भरिएको बस सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट १५० मिटर तल खोल्सामा खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

रामनगर जाँदै गरेको बस साल्टनजिकै कोपी भन्ने ठाउँमा दुर्घटना भएको हो । बसमा ४५ जना सवार थिए ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार कार्य भैरहेको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा मारिएकाहरूको शव निकाल्ने काम भइरहेको छ ।

समाचारमा जनाइएअनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन् । उनीहरूलाई अस्पताल पठाइएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार र राहत कार्य छिटो गर्न निर्देशन दिएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार पुष्कर सिंह धामीले पौरी र अल्मोडाका एआरटीओ अधिकारीहरूलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

साथै मृतकका परिवारलाई ४ लाख र घाइतेलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का