2026-09-27 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर

 काठमाडौं । पुरातत्वविद्हरूले साउदी अरबमा करिब चार हजार वर्ष पुरानो शहर फेला पारेका छन् ।

साउदीको मरुभूमि क्षेत्रमा लुकेको ४,००० वर्ष पुरानो सुदृढ सहरको खोजले त्यसबेलाको जीवन क्रमशः घुमन्तेबाट शहरी जीवनमा कसरी परिवर्तन हुँदै गइरहेको थियो भन्ने कुरा अनुसन्धानकर्ताहरूको दाबी छ । उत्तरपश्चिम साउदीमा पाइने यो पुरानो सहरको नाम अल-नाताह हो । 

यो सहर लामो समयसम्म खैबरको पर्खालले घेरिएको ओएसिसमा लुकेको थियो । यो खोज पुरातन समयमा पनि यस क्षेत्रमा उन्नत सभ्यताहरू अवस्थित थियो भन्ने प्रमाण हो । यस अध्ययनको विवरण प्लस वन नामको जर्नलमा प्रकाशित भएको छ ।

एक रिपोर्टका अनुसार खैबरको मरुभूमि क्षेत्रमा रहेको यो साइट प्रारम्भिक कांस्य युगमा घुमन्तेदेखि बसोबास गर्ने जीवनशैलीमा आएको परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको छ । फ्रान्सेली पुरातत्वविद् गुइलाउम चार्लक्सको नेतृत्वमा गरिएको अनुसन्धानले ५० भन्दा बढी छुट्टाछुट्टै पुरातन घर र १४.५ किलोमिटर लामो पर्खाल फेला पारेको छ । अब जर्नल पीएलओएस वानमा प्रकाशित एक नयाँ अध्ययनमा, फ्रान्सेली-साउदी अनुसन्धानकर्ताहरूको टोलीले यो पर्खाल र्‍याम्पर्ट शहर नजिकै निर्माण गरिएको बताएको छ ।

अनुसन्धानकर्ताहरू बताउँछन्, त्यो समय ठूलो शहर थियो । यहाँ करिब ५ सय मानिस बस्थे । यो बस्ती २४०० ईसा पूर्व प्रारम्भिक कांस्य युगमा बसोबास गरिएको थियो र लगभग १४०० ईसा पूर्वसम्म बसोबास गरिएको हुन सक्छ । हजार वर्षपछि यो उजाड भयो । यद्यपि यसका बासिन्दाहरूले शहर किन छोडे, कसैलाई थाहा छैन । जब अल-नाताह बनाइएको थियो, भूमध्य सागरको लेभान्ट क्षेत्र, हालको सिरियादेखि जोर्डनसम्म, फस्टाउँदै थियो ।

अन्वेषकहरू भन्छन्- ‘त्यसबेला, उत्तरपश्चिमी अरबलाई बाँझो मरुभूमि मानिन्थ्यो, जहाँ पास्टरल घुमन्तेहरू बस्ने गर्थे र त्यहाँ धेरै चिहानहरू थिए । १५ वर्ष पहिले पुरातत्वविद्हरूले खैबरको उत्तरमा, तैमाको ओएसिसमा कांस्य युगको पर्खाल पत्ता लगाएका थिए । यो पहिलो महत्त्वपूर्ण खोजले वैज्ञानिकहरूलाई यी ओएसहरूलाई नजिकबाट हेर्न प्रेरित गरेको बताइएको छ ।’

बेसाल्ट भनिने कालो ज्वालामुखी चट्टानहरूले अल-नट्टाहको पर्खाललाई पूर्ण रूपमा लुकाएको र यसले साइटलाई अवैध उत्खननबाट जोगाएको अनुसन्धानकर्ता चार्लक्सले बताएका छन् ।

माथिबाट साइट अवलोकन गर्दा सम्भावित मार्गहरू र घरहरूको जगहरू प्रकट भयो, जसले पुरातत्वविद्हरूलाई उत्खनन गर्न आवश्यक ठाउँहरू देखायो । उत्खननमा फेला परेको जगबाट यो कम्तिमा एक वा दुई तले घरका लागि भएको प्रष्ट हुन्छ ।

उनका अनुसार प्रारम्भिक नतिजाले २.६ हेक्टर क्षेत्रको सहरको तस्विर आफ्नै पर्खालले घेरिएको पहाडमा ५० घर रहेको छ । यहाँ भेटिएको कब्रिस्तान भित्रका चिहानहरूमा बन्चरो, खंजर र एगेट ढुङ्गा भेटिएको थियो । जसले धेरै पहिलेको तुलनात्मक रूपमा उन्नत समाजलाई सङ्केत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह