७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज

२१ कार्तिक २०८१, बुधबार १४:१६

काठमाडौँ | अमेरिकी केबल टेलिभिजन च्यानल फक्स न्यूजको प्रक्षेपणले अबको राष्ट्रपति डोनाल्ड ट्रम्प हुने देखाएको छ । फक्सले अमेरिकाको ४७ औँ राष्ट्रपति ट्रम्प हुने आँकडा प्रस्तुत गरेको छ ।

फक्स न्यूजका अनुसार पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः राष्ट्रपतिको निर्वाचन जित्दै ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको यात्रा तय गरेका हुन्। यससँगै, ग्रोभर क्लीभल्यान्डपछि दुई फरक कार्यकालमा राष्ट्रपति बन्ने ट्रम्प दोस्रो व्यक्ति भएको पत्रिकामा बताइएको छ।

फक्स न्यूजको निर्णय डेस्कले प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नर्थ क्यारोलिना, विस्कन्सिन, पेन्सिलभेनिया र जर्जियामा ट्रम्पले विजय हासिल गरेको प्रक्षेपण गरेको थियो। ट्रम्पले विस्कन्सिनमा जित हासिल गरेपछि उनको जीत निश्चित भएको बताइएको छ। कमला ह्यारिसको लागि पेन्सिलभेनिया, विस्कन्सिन र मिशिगन महत्त्वपूर्ण राज्यहरू थिए, तर ट्रम्पको विजयले ती राज्यहरूमा ह्यारिसको मार्ग बन्द गरिदिएको बताइएको छ।

ताजा अवस्थामा ट्रम्पले २६७ इलेक्टोरल कलेज भोट ल्याइसकेका छन् । उता डेमोक्रेटिककी पार्टीकी उम्मेदवार एवम् वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज भोट ल्याएकी छन्।

चुनावी नतिजामा ट्रम्पले फराकिलो अग्रता बनाइरहँदा अब उनी बहुमत अर्थात् २७० पुग्न केबल ३ भोटनजिक छन् । अमेरिकामा हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटसहित जम्मा ५३८ इलेक्टोरल भोट छन् ।

यस्तोमा ट्रम्पनिकट चर्चित सञ्चारमाध्यम फक्स न्यूजले उनी विजयी भइसकेको जनाएको छ । फक्स न्यूजका अनुसार ट्रम्पले बहुमतको आँकडा पार गरेका छन् ।

ताजा अवस्थामा उनले २७७ इलेक्टोरल कलेज भोट ल्याएका छन् । उता कमला ह्यारिसको पक्षमा २२६ इलेक्टोरल भोट देखिएको छ ।

अब त्यहाँ ३५ इलेक्टोरल भोटको गणना हुन बाँकी छ । पूरै ३५ भोट कमलाको पक्षमा जाँदा पनि उनले बहुमत ल्याउन सक्दिनन् । केबल २६१ मात्रै हुन आउँछ ।

यसैबीच रिपब्लिकन पार्टीले सिनेटमा पनि ५१ अर्थात बहुमत सिट ल्याएको छ । १०० सिटको सिनेटमा डेमक्रेटिक पार्टीले ४९ सिट जितेको छ ।

आफूले लोकप्रिय मत ल्याएको भन्दै मुख्यालयमा बोल्दै उनले यो अविश्वसनीय जित भएको भन्दै सम्बोधन गरेका छन् । उनले ब्याटलग्राउण्ड राज्यहरुलाई धन्यवाद दिएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता, उनको सांसद पद के हुन्छ? एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात जनकपुरका लागि मिलन्थाले खेले अर्धशतक पारी सुदूरपश्चिमविरुद्ध जनकपुरले पहिलो विकेट गुमायो बारामा कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा एनपीएलको फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : प्रधानमन्त्री ओली