2026-09-27 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज

काठमाडौँ | अमेरिकी केबल टेलिभिजन च्यानल फक्स न्यूजको प्रक्षेपणले अबको राष्ट्रपति डोनाल्ड ट्रम्प हुने देखाएको छ । फक्सले अमेरिकाको ४७ औँ राष्ट्रपति ट्रम्प हुने आँकडा प्रस्तुत गरेको छ ।

फक्स न्यूजका अनुसार पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः राष्ट्रपतिको निर्वाचन जित्दै ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको यात्रा तय गरेका हुन्। यससँगै, ग्रोभर क्लीभल्यान्डपछि दुई फरक कार्यकालमा राष्ट्रपति बन्ने ट्रम्प दोस्रो व्यक्ति भएको पत्रिकामा बताइएको छ।

फक्स न्यूजको निर्णय डेस्कले प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नर्थ क्यारोलिना, विस्कन्सिन, पेन्सिलभेनिया र जर्जियामा ट्रम्पले विजय हासिल गरेको प्रक्षेपण गरेको थियो। ट्रम्पले विस्कन्सिनमा जित हासिल गरेपछि उनको जीत निश्चित भएको बताइएको छ। कमला ह्यारिसको लागि पेन्सिलभेनिया, विस्कन्सिन र मिशिगन महत्त्वपूर्ण राज्यहरू थिए, तर ट्रम्पको विजयले ती राज्यहरूमा ह्यारिसको मार्ग बन्द गरिदिएको बताइएको छ।

ताजा अवस्थामा ट्रम्पले २६७ इलेक्टोरल कलेज भोट ल्याइसकेका छन् । उता डेमोक्रेटिककी पार्टीकी उम्मेदवार एवम् वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज भोट ल्याएकी छन्।

चुनावी नतिजामा ट्रम्पले फराकिलो अग्रता बनाइरहँदा अब उनी बहुमत अर्थात् २७० पुग्न केबल ३ भोटनजिक छन् । अमेरिकामा हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटसहित जम्मा ५३८ इलेक्टोरल भोट छन् ।

यस्तोमा ट्रम्पनिकट चर्चित सञ्चारमाध्यम फक्स न्यूजले उनी विजयी भइसकेको जनाएको छ । फक्स न्यूजका अनुसार ट्रम्पले बहुमतको आँकडा पार गरेका छन् ।

ताजा अवस्थामा उनले २७७ इलेक्टोरल कलेज भोट ल्याएका छन् । उता कमला ह्यारिसको पक्षमा २२६ इलेक्टोरल भोट देखिएको छ ।

अब त्यहाँ ३५ इलेक्टोरल भोटको गणना हुन बाँकी छ । पूरै ३५ भोट कमलाको पक्षमा जाँदा पनि उनले बहुमत ल्याउन सक्दिनन् । केबल २६१ मात्रै हुन आउँछ ।

यसैबीच रिपब्लिकन पार्टीले सिनेटमा पनि ५१ अर्थात बहुमत सिट ल्याएको छ । १०० सिटको सिनेटमा डेमक्रेटिक पार्टीले ४९ सिट जितेको छ ।

आफूले लोकप्रिय मत ल्याएको भन्दै मुख्यालयमा बोल्दै उनले यो अविश्वसनीय जित भएको भन्दै सम्बोधन गरेका छन् । उनले ब्याटलग्राउण्ड राज्यहरुलाई धन्यवाद दिएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह