२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्रम्पलाई दिएको बधाईमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले के भने ?

२०८१, २१ कार्तिक बुधबार १६:४२

काठमाडौँ | अमेरिकाको राष्ट्रपति चुनावमा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्कापक्की भइसकेको छ । निर्वाचन आयोगले उनको जितको औपचारिक घोषणा गरेको छैन ।

विश्वबाट उनलाई बधाईको ओइरो लागेको छ । यो सूचीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि छन् । चुनावमा ठूलो जित हासिल गरेकोमा ट्रम्पलाई बधाई भनेर जेलेन्स्कीले भनेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै उनले ट्रम्पलाई बधाई दिएका हुन् ।

‘सेप्टेम्बरमा ट्रम्पसँग भएको शानदार भेट मलाई याद छ । यस क्रममा हामीले युक्रेन–अमेरिकी रणनीतिक साझेदारी, विजयको योजना र युक्रेन विरुद्ध रुसको आक्रामकता समाप्त गर्ने तरिकाबारे छलफल गरेका थियौँ ।’ पोस्टमा उनले लेखेका छन् ।

ट्रम्पले विश्वस्तरमा शक्तिको माध्यमबाट शान्तिको प्रतिबद्धता गरेको र उनको यो प्रतिबद्धताको आफूले सराहना गर्ने पनि उनले लेखेका छन् । यो युक्रेनलाई शान्तिको नजिक ल्याउने सक्ने सिद्धान्त भएको र यसलाई आफूहरूले मिलेर पूरा गर्ने आशा आफ्नो भएको पनि जेलेन्स्कीले लेखेका छन् ।

‘यो युद्ध छिट्टै अन्त्य हुनुपर्छ किनकि युक्रेन र यसका राष्ट्रपतिले ठूलो कठिनाइको सामना गरिरहेका छन्,’ सेप्टेम्बरमा जेलेन्स्कीलाई भेटेपछि डोनाल्ड ट्रम्पले भनेका थिए । उता, जेलेन्स्कीले चाँहि आफ्नो खराब समयमा अमेरिका बलियोसँग आफ्नो साथमा उभिएको र ऊमाथि आफूलाई पूरा आशा भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार