१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि के भनिन् कमला ह्यारिसले?

२२ कार्तिक २०८१, बिहीबार १२:१६

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफूले डोनाल्ड ट्रम्पलाई फोन गरेर बधाई दिएको बताएकी छन्।

राष्ट्रपतिमा विजयी भएका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई बिहीबार बिहान बधाईको फोन गरेको कुरा ह्यारिसले हावर्ड विश्वविद्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै खुलासा गरिन्। उनले भनिन्, “ट्रम्पलाई फोन गरेर बधाई दिएँ, उहाँ र उहाँको टिमलाई आवश्यक सहयोग रहने र सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुनेमा विश्वस्त रहन भनेकी छु।”

यसपटकको चुनावमा ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धाको पूर्वानुमान गरिए पनि ट्रम्पले सहजै राष्ट्रपतिका लागि आवश्यक इलेक्टोरल मत प्राप्त गरेका छन्। राष्ट्रपतिका लागि आवश्यक २७० इलेक्टोरल मतको सट्टा ट्रम्पले हालसम्म २९५ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ह्यारिसले २२६ इलेक्टोरल मत हासिल गरेकी छन्।

हावर्डमा सम्बोधन गर्ने क्रममा ह्यारिसले आफ्नो पराजय स्वीकार गर्दै भनिन्, “चुनावमा पराजित भएपछि त्यसलाई स्वीकार्नु अमेरिकी लोकतन्त्रको आधारभूत सिद्धान्त हो।” यद्यपि, उनले लोकतन्त्र, विधिको शासन र स्वतन्त्रताको लागि जारी लडाइँमा आफ्नो अडान स्पष्ट पारिन् र समर्थकहरूलाई विचलित नहुन अपिल गरिन्।

उनले भनिन्, “तपाईंहरूको समर्थनका लागि आभारी छु। निर्वाचनमा पराजित भए पनि नागरिक स्वतन्त्रता र आत्मसम्मानको लागि लडाइँ जारी रहन्छ। अमेरिकी महिलाहरूलाई आफ्नो निर्णय आफैँ गर्न सक्ने बनाउने लडाइँ, विद्यालय र सडकमा हुने बन्दुक हिंसाविरूद्धको संघर्ष अझै जारी नै रहनेछ।”

उनका अनुसार, यस्ता संघर्षहरू मतपेटिका, अदालत र जनताका बीचमा हुनेछ। “लामो समय लाग्न सक्छ, तर यसले जित्दैनौं भन्ने होइन। हार नमान्नु महत्वपूर्ण छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का