२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि के भनिन् कमला ह्यारिसले?

२०८१, २२ कार्तिक बिहीबार १२:१६

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफूले डोनाल्ड ट्रम्पलाई फोन गरेर बधाई दिएको बताएकी छन्।

राष्ट्रपतिमा विजयी भएका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई बिहीबार बिहान बधाईको फोन गरेको कुरा ह्यारिसले हावर्ड विश्वविद्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै खुलासा गरिन्। उनले भनिन्, “ट्रम्पलाई फोन गरेर बधाई दिएँ, उहाँ र उहाँको टिमलाई आवश्यक सहयोग रहने र सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुनेमा विश्वस्त रहन भनेकी छु।”

यसपटकको चुनावमा ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धाको पूर्वानुमान गरिए पनि ट्रम्पले सहजै राष्ट्रपतिका लागि आवश्यक इलेक्टोरल मत प्राप्त गरेका छन्। राष्ट्रपतिका लागि आवश्यक २७० इलेक्टोरल मतको सट्टा ट्रम्पले हालसम्म २९५ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ह्यारिसले २२६ इलेक्टोरल मत हासिल गरेकी छन्।

हावर्डमा सम्बोधन गर्ने क्रममा ह्यारिसले आफ्नो पराजय स्वीकार गर्दै भनिन्, “चुनावमा पराजित भएपछि त्यसलाई स्वीकार्नु अमेरिकी लोकतन्त्रको आधारभूत सिद्धान्त हो।” यद्यपि, उनले लोकतन्त्र, विधिको शासन र स्वतन्त्रताको लागि जारी लडाइँमा आफ्नो अडान स्पष्ट पारिन् र समर्थकहरूलाई विचलित नहुन अपिल गरिन्।

उनले भनिन्, “तपाईंहरूको समर्थनका लागि आभारी छु। निर्वाचनमा पराजित भए पनि नागरिक स्वतन्त्रता र आत्मसम्मानको लागि लडाइँ जारी रहन्छ। अमेरिकी महिलाहरूलाई आफ्नो निर्णय आफैँ गर्न सक्ने बनाउने लडाइँ, विद्यालय र सडकमा हुने बन्दुक हिंसाविरूद्धको संघर्ष अझै जारी नै रहनेछ।”

उनका अनुसार, यस्ता संघर्षहरू मतपेटिका, अदालत र जनताका बीचमा हुनेछ। “लामो समय लाग्न सक्छ, तर यसले जित्दैनौं भन्ने होइन। हार नमान्नु महत्वपूर्ण छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार