2026-09-27 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाको अनुसन्धान ल्याबबाट ४३ वटा बाँदर भागेपछि…

एजेन्सी | यतिबेला अमेरिकाको दक्षिणी क्यारोलिनाका प्रहरीहरू धुँइपताल गरेर बाँदर खोजिरहेका छन् । यी सामान्य बाँदर नभएर दक्षिणी क्यारोलिनाको अल्फा जेनेसिस नाम गरेको एउटा अनुसन्धान ल्याबका थिए ।

ल्याबका किपरले खोर खुलेर बन्द गर्न भुलेपछि बाँदर भागेका थिए । यो ल्याबमा मेडिकल परीक्षण र अनुसन्धानका लागि बाँदरको प्रजनन गरिन्छ । अधिकारीहरूले स्थानीय बासिन्दालाई घरका ढोका र झ्याल राम्रोसँग बन्द गरेर राख्न र कुनै बाँदर देखेमा तत्कालै जानकारी दिन भनेका छन् ।

भागेका अधिकांश बाँदर ३.२ केजीका पोथी बाँदर भएको यामासी प्रहरी विभागले भनेको छ । कुनै पनि अवस्थामा यी बाँदरको सामुन्ने नजान प्रहरीले सर्वसाधारणलाई भनेको छ । बाँदरलाई समात्न सो क्षेत्रमा जाल बिछ्याइएको पनि बताइएको छ ।

यी बाँदर निकै सानो भएकोले अहिलेसम्म यिनीहरूमा कुनै परीक्षा नगरिएको अनुसन्धान कम्पनीको भनाई छ । यो घटनालाई अल्फ जेनेसिसका सीईओ ग्रेग वेष्टरगार्डले निराशाजनक भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह