१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

म पुटिनसँग वार्ता गर्न तयार छु : ट्रम्प

२३ कार्तिक २०८१, शुक्रबार १२:३६

एजेन्सी | अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौं।’, उनले भने।

डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताएका छन्। उनले दुईपक्षबीच बातचित हुने सम्भावना रहेको भने बताएका छन्।

ट्रम्पले अहिलेसम्म भ्लादिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु लगायत विश्वभरका ७० नेताहरूसँग कुरा गरिसकेका छन्।

ट्रम्पले आफू र बाइडेनबीच चाँडै नै सँगै डिनर गर्ने सहमति भएको पनि बताए।

सन् २०१६ मा पनि राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई बढावा दिन रुसी हस्तक्षेप भएको आरोप लागेको थियो । तर रुसले भने ती आरोप अस्वीकार गरेको छ ।

अमेरिकी विशेष सल्लाहकार रोबर्ट मुलरले २०१६ मा ट्रम्पको अभियानमा रुसको साँठगाँठको आरोपको अनुसन्धान गरेका थिए। त्यसको तीन वर्ष पछि एक रिपोर्टमा उनले षड्यन्त्रको कुनै प्रमाण फेला नपरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का