१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सलमान खानमाथि लगातार ज्यान मार्ने धम्की, १५ दिनमा चौथो धम्की

२३ कार्तिक २०८१, शुक्रबार १४:०७

नयाँ दिल्ली | बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। नोभेम्बर ७ को राति मुम्बई पुलिस कन्ट्रोल रुममा आएको धम्कीपूर्ण सन्देशमा एक गीतलाई लिएर सलमानलाई चेतावनी दिइएको हो। सन्देश पठाउनेले आफूलाई लरेन्स बिश्नोई गिरोहको सदस्यको रूपमा परिचय दिँदै गीतकारलाई कारबाही गर्ने धम्की दिएको छ।

सन्देशमा लेखिएको छ, “गीतकारले अब गीत लेख्न पाउने छैनन्। एक महिनाभित्र कारबाही गर्नेछौं। सलमानमा हिम्मत छ भने उसलाई बचाउन सक्छ।” पछिल्लो १५ दिनमा यो सलमानलाई आएको चौथो धम्की हो, र मुम्बई प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

पछिल्ला धम्कीहरू
नोभेम्बर ४: मुम्बई ट्राफिक कन्ट्रोल रुममा पठाइएको सन्देशमा कालो हरिण सिकार मामिलामा सलमानलाई बिश्नोई समुदायको मन्दिरमा गएर माफी माग्न वा ५ करोड भारु दिन भनिएको थियो, अन्यथा उनलाई मार्न सकिने बताइएको थियो। यो धम्की दिने विक्रम नामका व्यक्तिलाई कर्नाटकबाट पक्राउ गरिएको छ।

अक्टोबर ३०: सलमानलाई २ करोड भारु नदिए मारिने धम्की दिँदै ५६ वर्षीय आजम मोहम्मद मुस्तफालाई पक्राउ गरिएको थियो। यो सन्देश मुम्बईको ट्राफिक कन्ट्रोल रुममा पठाइएको थियो।

अक्टोबर २५: एनसीपी नेता बाबा सिद्धिकीका छोरा जीशानको कार्यालयमा २ करोड रुपैयाँ मागेर धम्की सन्देश पठाइएको थियो, जसमा पैसा नदिए सलमान र जीशान दुवैलाई मार्ने धम्की दिइएको थियो। यस मामिलामा नोएडाबाट २० वर्षीय मोहम्मद तय्यबलाई पक्राउ गरिएको थियो।

सलमान अहिले आफ्नो आगामी फिल्म सिकन्दर को सुटिङमा व्यस्त छन् र धम्कीको बाबजुद हैदरावादको ताज फलकनुमा प्यालेसमा सुटिङ गरिरहेका छन्। उनको सुरक्षालाई ध्यानमा राख्दै सुटिङ स्थलमा सुरक्षा कडा पारिएको छ।

एनसीपी नेता तथा महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्धिकीको गत अक्टोबर १३ मा गोली हानी हत्या गरिएको थियो, जसको जिम्मेवारी लरेन्स बिश्नोई ग्याङले लिएको थियो। बाबा सिद्धिकीका नजिक रहेका सलमान खानको सुरक्षामा त्यसयता वाई प्लस सुरक्षा दिइएको छ। यसअघि, अप्रिल १४ मा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको घटनापछि उनको सुरक्षा कडा पारिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार