२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सलमान खानमाथि लगातार ज्यान मार्ने धम्की, १५ दिनमा चौथो धम्की

२०८१, २३ कार्तिक शुक्रबार १४:०७

नयाँ दिल्ली | बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। नोभेम्बर ७ को राति मुम्बई पुलिस कन्ट्रोल रुममा आएको धम्कीपूर्ण सन्देशमा एक गीतलाई लिएर सलमानलाई चेतावनी दिइएको हो। सन्देश पठाउनेले आफूलाई लरेन्स बिश्नोई गिरोहको सदस्यको रूपमा परिचय दिँदै गीतकारलाई कारबाही गर्ने धम्की दिएको छ।

सन्देशमा लेखिएको छ, “गीतकारले अब गीत लेख्न पाउने छैनन्। एक महिनाभित्र कारबाही गर्नेछौं। सलमानमा हिम्मत छ भने उसलाई बचाउन सक्छ।” पछिल्लो १५ दिनमा यो सलमानलाई आएको चौथो धम्की हो, र मुम्बई प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

पछिल्ला धम्कीहरू
नोभेम्बर ४: मुम्बई ट्राफिक कन्ट्रोल रुममा पठाइएको सन्देशमा कालो हरिण सिकार मामिलामा सलमानलाई बिश्नोई समुदायको मन्दिरमा गएर माफी माग्न वा ५ करोड भारु दिन भनिएको थियो, अन्यथा उनलाई मार्न सकिने बताइएको थियो। यो धम्की दिने विक्रम नामका व्यक्तिलाई कर्नाटकबाट पक्राउ गरिएको छ।

अक्टोबर ३०: सलमानलाई २ करोड भारु नदिए मारिने धम्की दिँदै ५६ वर्षीय आजम मोहम्मद मुस्तफालाई पक्राउ गरिएको थियो। यो सन्देश मुम्बईको ट्राफिक कन्ट्रोल रुममा पठाइएको थियो।

अक्टोबर २५: एनसीपी नेता बाबा सिद्धिकीका छोरा जीशानको कार्यालयमा २ करोड रुपैयाँ मागेर धम्की सन्देश पठाइएको थियो, जसमा पैसा नदिए सलमान र जीशान दुवैलाई मार्ने धम्की दिइएको थियो। यस मामिलामा नोएडाबाट २० वर्षीय मोहम्मद तय्यबलाई पक्राउ गरिएको थियो।

सलमान अहिले आफ्नो आगामी फिल्म सिकन्दर को सुटिङमा व्यस्त छन् र धम्कीको बाबजुद हैदरावादको ताज फलकनुमा प्यालेसमा सुटिङ गरिरहेका छन्। उनको सुरक्षालाई ध्यानमा राख्दै सुटिङ स्थलमा सुरक्षा कडा पारिएको छ।

एनसीपी नेता तथा महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्धिकीको गत अक्टोबर १३ मा गोली हानी हत्या गरिएको थियो, जसको जिम्मेवारी लरेन्स बिश्नोई ग्याङले लिएको थियो। बाबा सिद्धिकीका नजिक रहेका सलमान खानको सुरक्षामा त्यसयता वाई प्लस सुरक्षा दिइएको छ। यसअघि, अप्रिल १४ मा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको घटनापछि उनको सुरक्षा कडा पारिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार