७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानको प्रधानमन्त्रीमा इसिबा पुन: निर्वाचित

२६ कार्तिक २०८१, सोमबार १६:३४

टोकियो | जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा पुनः प्रधानमन्त्रीको पदमा निर्वाचित भएका छन्। सोमबार संसदमा भएको विशेष मतदानमा इसिबाले विपक्षी नेता योशिहिको नोदालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्रीको निर्वाचन प्रक्रियालाई सहज बनाउन इसिबाले विशेष अधिवेशन अघि राजीनामा दिएका थिए। सोही दिन संसद्को विशेष अधिवेशनमा मतदान भएको थियो। यसअघि अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा एलडीपी र यसको गठबन्धन साझेदार कोमेटोले ४६५ सदस्यीय संसदमा बहुमत गुमाउँदै २१५ सिटमा सीमित भएका थिए। कुनै नेता आवश्यक समर्थन नपाएपछि विशेष अधिवेशनबाट इसिबा प्रधानमन्त्रीमा चयन भएका हुन्।

इसिबासमक्ष अब पार्टीभित्रको विरोध व्यवस्थापन गर्ने चुनौतीसँगै जापानको आर्थिक संकट समाधान गर्ने जिम्मेवारी रहेको छ। अल्पमतको सरकारको नेता भएकाले कुनै कानुन पारित गर्न वा बजेट पारित गराउन विपक्षीहरूको समर्थन आवश्यक पर्नेछ, जसले उनलाई थप कठिनाइ दिनेछ।

पूर्वरक्षा मन्त्री रहेका इसिबा एलडीपी भित्रका नेता किसिदा र पूर्वप्रधानमन्त्री सिन्जो आबेको खुला आलोचना गर्दै चर्चामा आएका थिए। अक्टोबर १ मा पार्टी नेतृत्वका लागि कडा प्रतिस्पर्धामा विजयी भई एलडीपीको नेता चयन भएका इसिबाले पदभार सम्हालेपछि केही दिनमै संसदमा चुनावको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता, उनको सांसद पद के हुन्छ? एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात जनकपुरका लागि मिलन्थाले खेले अर्धशतक पारी सुदूरपश्चिमविरुद्ध जनकपुरले पहिलो विकेट गुमायो बारामा कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा एनपीएलको फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : प्रधानमन्त्री ओली जनकपुरका निशमले लिए सुदूरपश्चिमको चौथो विकेट