2026-07-29 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानको प्रधानमन्त्रीमा इसिबा पुन: निर्वाचित

टोकियो | जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा पुनः प्रधानमन्त्रीको पदमा निर्वाचित भएका छन्। सोमबार संसदमा भएको विशेष मतदानमा इसिबाले विपक्षी नेता योशिहिको नोदालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्रीको निर्वाचन प्रक्रियालाई सहज बनाउन इसिबाले विशेष अधिवेशन अघि राजीनामा दिएका थिए। सोही दिन संसद्को विशेष अधिवेशनमा मतदान भएको थियो। यसअघि अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा एलडीपी र यसको गठबन्धन साझेदार कोमेटोले ४६५ सदस्यीय संसदमा बहुमत गुमाउँदै २१५ सिटमा सीमित भएका थिए। कुनै नेता आवश्यक समर्थन नपाएपछि विशेष अधिवेशनबाट इसिबा प्रधानमन्त्रीमा चयन भएका हुन्।

इसिबासमक्ष अब पार्टीभित्रको विरोध व्यवस्थापन गर्ने चुनौतीसँगै जापानको आर्थिक संकट समाधान गर्ने जिम्मेवारी रहेको छ। अल्पमतको सरकारको नेता भएकाले कुनै कानुन पारित गर्न वा बजेट पारित गराउन विपक्षीहरूको समर्थन आवश्यक पर्नेछ, जसले उनलाई थप कठिनाइ दिनेछ।

पूर्वरक्षा मन्त्री रहेका इसिबा एलडीपी भित्रका नेता किसिदा र पूर्वप्रधानमन्त्री सिन्जो आबेको खुला आलोचना गर्दै चर्चामा आएका थिए। अक्टोबर १ मा पार्टी नेतृत्वका लागि कडा प्रतिस्पर्धामा विजयी भई एलडीपीको नेता चयन भएका इसिबाले पदभार सम्हालेपछि केही दिनमै संसदमा चुनावको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै