2026-10-23 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानको प्रधानमन्त्रीमा इसिबा पुन: निर्वाचित

टोकियो | जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा पुनः प्रधानमन्त्रीको पदमा निर्वाचित भएका छन्। सोमबार संसदमा भएको विशेष मतदानमा इसिबाले विपक्षी नेता योशिहिको नोदालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्रीको निर्वाचन प्रक्रियालाई सहज बनाउन इसिबाले विशेष अधिवेशन अघि राजीनामा दिएका थिए। सोही दिन संसद्को विशेष अधिवेशनमा मतदान भएको थियो। यसअघि अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा एलडीपी र यसको गठबन्धन साझेदार कोमेटोले ४६५ सदस्यीय संसदमा बहुमत गुमाउँदै २१५ सिटमा सीमित भएका थिए। कुनै नेता आवश्यक समर्थन नपाएपछि विशेष अधिवेशनबाट इसिबा प्रधानमन्त्रीमा चयन भएका हुन्।

इसिबासमक्ष अब पार्टीभित्रको विरोध व्यवस्थापन गर्ने चुनौतीसँगै जापानको आर्थिक संकट समाधान गर्ने जिम्मेवारी रहेको छ। अल्पमतको सरकारको नेता भएकाले कुनै कानुन पारित गर्न वा बजेट पारित गराउन विपक्षीहरूको समर्थन आवश्यक पर्नेछ, जसले उनलाई थप कठिनाइ दिनेछ।

पूर्वरक्षा मन्त्री रहेका इसिबा एलडीपी भित्रका नेता किसिदा र पूर्वप्रधानमन्त्री सिन्जो आबेको खुला आलोचना गर्दै चर्चामा आएका थिए। अक्टोबर १ मा पार्टी नेतृत्वका लागि कडा प्रतिस्पर्धामा विजयी भई एलडीपीको नेता चयन भएका इसिबाले पदभार सम्हालेपछि केही दिनमै संसदमा चुनावको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने