2026-09-27 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूर्ण हुने प्रष्ट पारेको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा करिब दुई घण्टा भेट गरेको जानकारी दिए । ह्वाइट हाउसका चीफ अफ स्टाफ जेफ जिएन्ट्स र आगामी चिफ अफ स्टाफ सुसी विल्स पनि बैठकमा उपस्थित रहेको पनि उनको भनाई छ । छलफल सौहार्दपूर्ण र फलदायी भएको उनको टिप्पणी छ ।

नव निर्वाचित र वर्तमान राष्ट्रपतिकाबीचमा अमेरिका र विश्वले सामना गरिरहेका महत्वपूर्ण राष्ट्रिय सुरक्षा र घरेलु नीतिका मुद्दाहरूमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह