२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानमा आइएस बन्दुकधारीद्वारा एक राजनीतिज्ञको हत्या

२०८१, ३० कार्तिक शुक्रबार १७:५८

 काठमाडौं । इस्लामिक स्टेट (आइएस) समूहको क्षेत्रीय शाखाका बन्दुकधारीलेउत्तरपश्चिम पाकिस्तानमा एक राजनीतिज्ञको हत्या गरेको प्रहरीले शुक्रबार बताएको छ ।

इस्लामिक स्टेट (आइएस) समूहले घटनामा आफ्नो सङ्गठनका लडाकूको संलग्नता रहेको दावी गरेको छ ।

वरिष्ठ प्रहरी अधिकारी वकार रफिकले एएफपीसँग भने, ‘जमात–ए–इस्लामी बाजौर’ का नेता सुफी हमिद बिहीबार सूर्यास्तपछि नमाज पढेर मस्जिदबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना नकाबधारी व्यक्तिले उनीमाथि गोली चलाएको थियो ।

अधिकारीका अनुसार आक्रमणकारीहरू अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लामा इस्लामिक राजनीतिज्ञलाई गोली हानेर भागेका थिए ।

इस्लामिक स्टेट खोरासान (आइएस–के) ले आफ्ना लडाकूले धर्मत्यागी राजनीतिक दलका एक अधिकारीलाई गोली हानेको जनाएको छ ।

आइएस समूहको स्थानीय शाखाले धार्मिक राजनीतिक दलहरूले कडा धार्मिक प्रचारको विरुद्धमा गएको र देशको सरकार र सेनालाई समर्थन गरेको आरोप लगाएको छ।

आइएस–केले हालै बाजौरमा भएको एक प्रदर्शनमा भएको आत्मघाती बम विस्फोटमा २३ बालबालिकासहित कम्तीमा ५४ जनाको ज्यान जाने गरी भएको आत्मघाती बम विस्फोटसहित राजनीतिक दलविरुद्ध कैयौँ आक्रमण गरेको छ ।

नाम नबताउने शर्तमा एक वरिष्ठ स्थानीय सुरक्षा अधिकारीले एएफपीसँग भने, “यो वर्ष मात्रै बाजौरमा लक्षित आक्रमण र बम विष्फोटमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।”

बाजौरको प्रभाव रहेको खैबर पख्तुनख्वा प्रान्त र दक्षिण पश्चिममा बलुचिस्तान प्रान्तमा सशस्त्र इस्लामवादी वा पृथकतावादी समूहहरूले नियमित रूपमा सुरक्षा बल र राज्यका प्रतिनिधिहरूलाई निशाना बनाइरहेका छन्।

पाकिस्तानमा सक्रिय तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले बेलाबखत उक्त क्षेत्रमा गर्ने आतङ्ककारी आक्रमणमा हजारौँ मानिसले ज्यान गुमाएका छन् ।

पाकिस्तानमा सन् २०२१ मा तालिवान सत्तामा आए यता अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आतङ्कवादी आक्रमणमा तीव्र वृद्धि भएको पाकिस्तानी प्रशासनले दावी गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?