2026-10-23 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानमा आइएस बन्दुकधारीद्वारा एक राजनीतिज्ञको हत्या

 काठमाडौं । इस्लामिक स्टेट (आइएस) समूहको क्षेत्रीय शाखाका बन्दुकधारीलेउत्तरपश्चिम पाकिस्तानमा एक राजनीतिज्ञको हत्या गरेको प्रहरीले शुक्रबार बताएको छ ।

इस्लामिक स्टेट (आइएस) समूहले घटनामा आफ्नो सङ्गठनका लडाकूको संलग्नता रहेको दावी गरेको छ ।

वरिष्ठ प्रहरी अधिकारी वकार रफिकले एएफपीसँग भने, ‘जमात–ए–इस्लामी बाजौर’ का नेता सुफी हमिद बिहीबार सूर्यास्तपछि नमाज पढेर मस्जिदबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना नकाबधारी व्यक्तिले उनीमाथि गोली चलाएको थियो ।

अधिकारीका अनुसार आक्रमणकारीहरू अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लामा इस्लामिक राजनीतिज्ञलाई गोली हानेर भागेका थिए ।

इस्लामिक स्टेट खोरासान (आइएस–के) ले आफ्ना लडाकूले धर्मत्यागी राजनीतिक दलका एक अधिकारीलाई गोली हानेको जनाएको छ ।

आइएस समूहको स्थानीय शाखाले धार्मिक राजनीतिक दलहरूले कडा धार्मिक प्रचारको विरुद्धमा गएको र देशको सरकार र सेनालाई समर्थन गरेको आरोप लगाएको छ।

आइएस–केले हालै बाजौरमा भएको एक प्रदर्शनमा भएको आत्मघाती बम विस्फोटमा २३ बालबालिकासहित कम्तीमा ५४ जनाको ज्यान जाने गरी भएको आत्मघाती बम विस्फोटसहित राजनीतिक दलविरुद्ध कैयौँ आक्रमण गरेको छ ।

नाम नबताउने शर्तमा एक वरिष्ठ स्थानीय सुरक्षा अधिकारीले एएफपीसँग भने, “यो वर्ष मात्रै बाजौरमा लक्षित आक्रमण र बम विष्फोटमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।”

बाजौरको प्रभाव रहेको खैबर पख्तुनख्वा प्रान्त र दक्षिण पश्चिममा बलुचिस्तान प्रान्तमा सशस्त्र इस्लामवादी वा पृथकतावादी समूहहरूले नियमित रूपमा सुरक्षा बल र राज्यका प्रतिनिधिहरूलाई निशाना बनाइरहेका छन्।

पाकिस्तानमा सक्रिय तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले बेलाबखत उक्त क्षेत्रमा गर्ने आतङ्ककारी आक्रमणमा हजारौँ मानिसले ज्यान गुमाएका छन् ।

पाकिस्तानमा सन् २०२१ मा तालिवान सत्तामा आए यता अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आतङ्कवादी आक्रमणमा तीव्र वृद्धि भएको पाकिस्तानी प्रशासनले दावी गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने