२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गृहिणी बनेबापत हप्ताको १०० डलर तलब

२०८१, ३ मंसिर सोमबार १३:३४

काठमाडौँ | अमेरिकाको ओहायोमा बस्ने २८ वर्षीय एलिसा नामकी महिला हाल आफ्नो अद्वितीय जीवनशैलीका कारण चर्चामा छिन्। उनले गृहिणी बनेबापत पतिसँग हप्ताको १०० डलर तलब लिने गरेकी छिन्। पतिले पत्नीलाई तलब दिनुमा कुनै आपत्ति नजनाउँदै, यो निर्णयले उनीहरूको सम्बन्धलाई थप सुमधुर बनाएको बताउँछन्।

एलिसाले घरको सबै कामकाज – खाना पकाउने, सरसफाइ गर्ने र घरको रेखदेख गर्ने जिम्मेवारी लिँदै त्यसलाई ‘पेशागत जागिर’को रूपमा परिभाषित गरेकी छिन्। उनका पति टमले यो कामको मूल्यांकन गर्दै उनलाई हप्ताको १०० डलर तलब दिन्छन्। एलिसाले यो रकम आफ्नो आत्मसम्मानका लागि मागेको बताउँदै यसले आफूलाई सानातिना व्यक्तिगत खर्च पुरा गर्न मद्दत गरेको जनाएकी छिन्।

एलिसा १९५० को दशकको पारम्परिक गृहिणीको जीवनशैलीबाट प्रेरित भएकी हुन्। सेनामा जागिर र पढाइ सँगसँगै गर्दै गर्दा टमसँग भेट भएकी एलिसाले बिहेपछि आफ्नो व्यक्तिगत करिअरलाई पछाडि राखेर गृहिणी बन्ने निर्णय गरिन्।

उनका अनुसार पारिवारिक सन्तुलन र पति-पत्नीबीचको सम्बन्ध बलियो बनाउन यो निर्णय सहायक साबित भएको छ। “यो मेरो जीवनको सबैभन्दा राम्रो जागिर हो,” एलिसाले भनिन्।

एलिसाको जीवनशैली सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। कतिपयले यो निर्णयलाई सन्तुलित पारिवारिक जीवनको उदाहरण भनेका छन् भने नारीवादीहरूले आलोचना गर्दै उनलाई ‘आधुनिक गोल्ड डिगर’को उपमा दिएका छन्।

एलिसाले भने यस्तो आलोचनालाई बेवास्ता गर्दै महिलाहरूलाई आर्थिक रूपमा सशक्त र अनुशासित बन्न प्रेरणा दिइरहेकी छिन्। उनी युट्युबमा सक्रिय रहेकी छिन्, जहाँ उनको १ लाख ८२ हजारभन्दा बढी सब्सक्राइबर छन्।

एलिसाका पति टमले यो व्यवस्थालाई स्वीकार गर्दै भने, “एलिसा आर्थिक रूपमा अनुशासित छिन् र यसले हाम्रो सम्बन्धलाई अझ बलियो बनाएको छ। उनी गृहिणी बनेपछि मेरो जीवन तनावमुक्त भएको छ।”

एलिसाको यो जीवनशैलीले पारिवारिक भूमिकाको परिभाषामा नयाँ कोण थपेको छ। पारम्परिक गृहिणीको भूमिका अझ सम्मानजनक र व्यवस्थित बनाउन उनले प्रेरणा दिने काम गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार