२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मौसम अपडेट

डिभोर्स होटल: जहाँ शुक्रबार छिरेका दम्पती आइतबार डिभोर्स गरेर बाहिरिन्छन्

२०८१, ५ मंसिर बुधबार १४:०२

काठमाडौँ | अहिलेसम्म हामीले विवाहपछी हनीमूनका लागि होटल बुक गर्ने प्रचलन त सामान्यतया हामीले सुनेका छौँ, तर सम्बन्ध विच्छेद गर्न होटल बुक गर्ने भन्ने कुरा भने हाम्रा लागि अनौठो हुन सक्छ। हो, नेदरल्याण्ड्समा यस्तो अनौठो होटल छ, जहाँ दम्पती आफ्नो सम्बन्ध अन्त्य गर्नका लागि होटल बुक गर्छन्।

वर्तमान समयमा बिवाह टुट्ने दरमा उल्लेख्य वृद्धि भइरहेको छ। हरेक दिन सम्बन्ध विच्छेदका खबरहरू सुनिनु र देखिनु सामान्य भइसकेको छ। सामान्यतः डिभोर्सका लागि महिनौँसम्म अदालतका चक्कर लगाउनुपर्छ। तर, अब यो प्रक्रियालाई सहज बनाउँदै नयाँ ट्रेन्ड आएको छ, जहाँ डिभोर्सका लागि केवल दुई दिनमात्र पर्याप्त हुनेछ।

नेदरल्याण्ड्सका ३३ वर्षीय व्यवसायी जिम हाफेन्सले यस्तो नयाँ व्यवसायिक मोडेल प्रस्तुत गरेका छन्, जसअनुसार शुक्रबार होटलमा चेकइन गर्ने दम्पती आइतबारसम्म डिभोर्सका कागजात लिएर बाहिरिन्छन्।

होटलले कसरी काम गर्छ?

यो अनौठो होटलले सम्बन्ध विच्छेदका लागि पूर्ण प्याकेज उपलब्ध गराउँछ। यहाँ वकिल र मध्यस्थकर्ताको टिम पहिले नै तयार हुन्छ। दम्पती शुक्रबार होटलमा प्रवेश गर्छन्, आफ्नो सम्बन्धलाई पूर्णविराम लगाउँछन्, र आइतबार कानूनी डिभोर्सका कागजात लिएर बाहिरिन्छन्। यसका लागि एक निश्चित शुल्क तोकिएको छ।

होटलमा यस्तो वातावरण सिर्जना गरिन्छ जसले सम्बन्ध विच्छेद प्रक्रियालाई सहज बनाउँछ। लामो र जटिल कानूनी प्रक्रियामा समय बर्बाद गर्नुको सट्टा दम्पतीलाई एकै स्थानमा कानूनी परामर्श, मनोवैज्ञानिक सहयोग, र मध्यस्थता प्रदान गरिन्छ। यसबाट कुनै तनावबिना र शान्तिपूर्वक डिभोर्सको प्रक्रिया टुंग्याउन मद्दत हुन्छ।

होटल कहाँ छ?

यो होटल नेदरल्याण्ड्सको हार्लेम सहरमा रहेको छ, जसलाई ‘The Separation Inn’ भनिन्छ। अहिलेसम्म यो होटलबाट १७ जोडीले सेवा लिएका छन्, जसमा १६ जोडीले सफलतापूर्वक डिभोर्स गरेका छन्। यो योजना अहिले नेदरल्याण्ड्स मात्र नभई विश्वभर चर्चामा छ। अब यस होटलको शाखा अन्य ठूला शहरहरूमा खोल्ने तयारी भइरहेको छ।

कति छ डिभोर्स होटलको शुल्क?

डिभोर्स होटलको शुल्क १०,००० देखि १५,००० अमेरिकी डलरसम्म रहेको छ। होटलको वेबसाइटअनुसार, यहाँ आउनुको उद्देश्य केवल सम्बन्ध टुंग्याउनु मात्र नभई जीवनको नयाँ सुरुवात पनि हो। दम्पतीले आधिकारिक डिभोर्स वा अनलाइन डिभोर्सको विकल्पसमेत रोज्न सक्छन्।

डिभोर्स होटलको अवधारणालाई  केहीले आकर्षित भनेको छन् भने केहीले आलोचना पनि गरेको छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ