१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

७ मंसिर २०८१, शुक्रबार १३:५८

एजेन्सी | पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको छ । जहाँ मोबाइल सेवासमेत बन्द गरेको छ ।

अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए । लामो समयदेखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरू बिच झडप भैरहेको छ ।

एक वरिष्ठ प्रशासनिक अधिकारी जावेद उल्ला महसुदले कुर्रममा भएको हमलाको पुष्टि गरेका छन्। उनका अनुसार पीडितहरूमध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् भने आक्रमणमा १६ जना घाइते भएका छन् ।

एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने सर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउदै मुख्य शहर पाराचिनारमा स्थानीयले धरना तथा प्रदर्शन गर्दा स्थिति तनावपूर्ण भएको बताए ।

माथिल्लो र तल्लो कुर्रम जोड्ने मुख्य सडकमा कर्फ्यू लगाइएको तथा बजार र यातायात बन्द गरिएको अधिकारीले बताए ।

हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहहरूले निन्दा गरेका छन् ।
पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग (एचआरसीपी)ले विज्ञप्ति मार्फत घटनाले सरकारले नागरिकको सुरक्षा गर्न असफल भएको पुष्टि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का