२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मृत घोषित व्यक्ति चिता जलाउनुअघि ब्यूँझिएपछि…

२०८१, ९ मंसिर आईतवार १५:१३

काठमाडौँ | बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहितास कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे। अस्पतालले उनको पोष्टमार्टम गरेन।

तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा शनिबार ब्यूँझिएको चिकित्सा अधिकारीहरूले बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए। तर उनको उपचार नगरिकनै मृत घोषणा गरेर मृतकहरू राख्ने कक्षमा पठाइयो। परिवारजनले उनको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी पनि गरे।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग मिर्गी को समस्या देखिएको थियाे।

अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ।”

सिंहले भने, “चिता जलाउनुभन्दा केही समयअघि रोहितासको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उनी जीवित रहेको र सास फेरिरहेको पाएपछि पुन: अस्पताल लगिएको थियो।”

रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि गरिएको थियो। अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन्। एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार