१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डेटिङमा सहभागी हुने कर्मचारीहरूलाई पुरस्कार दिने चिनियाँ कम्पनीको घोषणा !

१० मंसिर २०८१, सोमबार १३:५३

बेइजिङ । शेन्जेनस्थित चिनियाँ क्यामेरा कम्पनी इन्स्टा ३६० ले आफ्ना कर्मचारीहरूलाई डेटिङमा सहभागी हुन प्रोत्साहन दिने अनौठो नीति लागू गरेको छ। कम्पनीले अनलाइन डेटिङ प्लेटफर्ममा गरिएका प्रत्येक वैध पोस्टको लागि ७७ येन (करिब १२०० रुपैयाँ) पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

यदि कर्मचारीले डेटिङ प्लेटफर्ममार्फत कसैसँग मेल भएमा र सम्बन्ध कम्तिमा तीन महिनासम्म कायम राख्न सकेमा, दुवैलाई १ हजार येन (करिब १६ हजार रुपैयाँ) नगद पुरस्कार दिइनेछ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार कम्पनीका प्रवक्ताले यो कदमले कर्मचारीहरूको खुशी र अपनत्वको भावना बढाउने उद्देश्य रहेको बताएका छन्।

अभियान सुरु भएपछि कम्पनीका कर्मचारीहरूले ५०० भन्दा बढी पोस्ट साझा गरिसकेका छन्। कम्पनीले हालसम्म कर्मचारीहरूको मिलानका लागि १० हजार येनभन्दा बढी पुरस्कार वितरण गरेको छ।

कम्पनीको यो नीतिले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। प्रयोगकर्ताहरूले आफ्ना कम्पनीहरूले पनि यस्तै प्रोत्साहन योजना ल्याउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का