२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डेटिङमा सहभागी हुने कर्मचारीहरूलाई पुरस्कार दिने चिनियाँ कम्पनीको घोषणा !

२०८१, १० मंसिर सोमबार १३:५३

बेइजिङ । शेन्जेनस्थित चिनियाँ क्यामेरा कम्पनी इन्स्टा ३६० ले आफ्ना कर्मचारीहरूलाई डेटिङमा सहभागी हुन प्रोत्साहन दिने अनौठो नीति लागू गरेको छ। कम्पनीले अनलाइन डेटिङ प्लेटफर्ममा गरिएका प्रत्येक वैध पोस्टको लागि ७७ येन (करिब १२०० रुपैयाँ) पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

यदि कर्मचारीले डेटिङ प्लेटफर्ममार्फत कसैसँग मेल भएमा र सम्बन्ध कम्तिमा तीन महिनासम्म कायम राख्न सकेमा, दुवैलाई १ हजार येन (करिब १६ हजार रुपैयाँ) नगद पुरस्कार दिइनेछ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार कम्पनीका प्रवक्ताले यो कदमले कर्मचारीहरूको खुशी र अपनत्वको भावना बढाउने उद्देश्य रहेको बताएका छन्।

अभियान सुरु भएपछि कम्पनीका कर्मचारीहरूले ५०० भन्दा बढी पोस्ट साझा गरिसकेका छन्। कम्पनीले हालसम्म कर्मचारीहरूको मिलानका लागि १० हजार येनभन्दा बढी पुरस्कार वितरण गरेको छ।

कम्पनीको यो नीतिले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। प्रयोगकर्ताहरूले आफ्ना कम्पनीहरूले पनि यस्तै प्रोत्साहन योजना ल्याउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार