2026-09-27 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल?

एजेन्सी | भारतको उत्तर प्रदेशस्थित बरेलीमा आइतबार बिहान भएको एक कार दुर्घटनामा तीन जनाको मृत्यु भएपछि सार्वजनिक निर्माण विभागका चार कर्मचारी र गुगल म्यापका क्षेत्रीय प्रबन्धकविरुद्ध मुद्दा दर्ता गरिएको छ।

दुर्घटना रामगंगा नदीमा निर्माणाधीन अधुरो पुलमा भएको थियो। गाडीमा सवार अजित, अमित, र नितिन नामक तीन युवा बदायुँबाट बरेलीको फरीदपुरमा विवाह कार्यक्रममा जाँदै थिए। उनीहरू गुगल म्यापको नेभिगेसन प्रयोग गर्दै गन्तव्यतर्फ अघि बढिरहेका थिए। नेभिगेसनले बाटो अधुरो रहेको जानकारी नदिएकाले उनीहरूले गाडी पुलमाथि चलाए। पुल निर्माण अधुरो रहेकोले गाडी बीचमै रोकियो र नदीमा खसेर तीनै जनाको घटनास्थलमै मृत्यु भयो।

घटनापछि सार्वजनिक निर्माण विभागका चार अधिकारीविरुद्ध मुद्दा दर्ता गरिएको छ। आरोपअनुसार पुलको दुबै छेउमा चेतावनी बोर्ड वा बलियो तगारो राख्ने काम नगर्दा दुर्घटना भएको हो। उजुरीमा विभागका कर्मचारीहरूले जानाजानी लापरवाही गरेको आरोप लगाइएको छ।

उजुरीमा गुगल म्यापको कमजोरीलाई पनि औंल्याइएको छ। नेभिगेसन एपले बाटो अधुरो रहेको नदेखाएकाले प्रयोगकर्ताहरू झुक्किएको भनिएको छ। मृतकका आफन्तले गुगल म्यापका कारण दुर्घटना भएको दाबी गर्दै यसका क्षेत्रीय प्रबन्धकविरुद्ध पनि मुद्दा दर्ता गर्न माग गरेका छन्।

के भन्छ गुगल?

बीबीसीले इमेलमार्फत् सोधेको प्रश्नको जवाफमा गुगलका प्रवक्ताले मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै घटनाको अनुसन्धानमा सम्बन्धित अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताएका छन् ।

भारतमा करिब ४६ करोड मानिसले नियमित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्छन्। तीमध्ये २६% मानिसले गन्तव्यमा पुग्न नेभिगेसन एपको प्रयोग गर्ने गर्छन्। गुगल म्याप सबैभन्दा धेरै प्रयोग हुने एप हो। तर, यसले सार्वजनिक रूपमा उपलब्ध जानकारी प्रयोग गर्ने हुँदा कतिपय डेटा भ्रमपूर्ण, पुरानो वा अपुरो हुनसक्ने विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह