2026-10-23 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा

काठमाडौँ | बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको घरमा
पोर्नोग्राफी मामिलामा प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार छापा मारेको छ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार, छापा राज कुन्द्राको घरसँगै अफिसमा पनि गरिएको थियो। घर र अफिस बाहेक अन्य १५ स्थानमा समेत छापा मारिएको थियो। ईडीले अनुसन्धानका क्रममा पोर्नोग्राफी सामग्रीको मोबाइल एप्लिकेसन र अन्य माध्यमबाट सर्कुलेशन हुने पत्ता लगाएको छ।

यसअघि, ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत राज कुन्द्राको ९७.७९ करोड भारूको चल-अचल सम्पत्ति जफत गरेको थियो। जफत गरिएका सम्पत्तिहरूमध्ये शिल्पा र राजको एक घर पनि सामेल छ।

सन् २०२१ को जुलाईमा राज कुन्द्रा अश्लील फिल्म निर्माणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। उक्त मामिलामा उनी पछि जमानतमा रिहा भएका थिए।

शिल्पा शेट्टी र राज कुन्द्राको सन् २००९ मा विवाह भएको थियो। उनीहरूका एक छोरा र एक छोरी छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने