2026-09-27 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा

काठमाडौँ | बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको घरमा
पोर्नोग्राफी मामिलामा प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार छापा मारेको छ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार, छापा राज कुन्द्राको घरसँगै अफिसमा पनि गरिएको थियो। घर र अफिस बाहेक अन्य १५ स्थानमा समेत छापा मारिएको थियो। ईडीले अनुसन्धानका क्रममा पोर्नोग्राफी सामग्रीको मोबाइल एप्लिकेसन र अन्य माध्यमबाट सर्कुलेशन हुने पत्ता लगाएको छ।

यसअघि, ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत राज कुन्द्राको ९७.७९ करोड भारूको चल-अचल सम्पत्ति जफत गरेको थियो। जफत गरिएका सम्पत्तिहरूमध्ये शिल्पा र राजको एक घर पनि सामेल छ।

सन् २०२१ को जुलाईमा राज कुन्द्रा अश्लील फिल्म निर्माणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। उक्त मामिलामा उनी पछि जमानतमा रिहा भएका थिए।

शिल्पा शेट्टी र राज कुन्द्राको सन् २००९ मा विवाह भएको थियो। उनीहरूका एक छोरा र एक छोरी छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह