2026-09-06 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

देश छोडेर भागेका सिरियाका राष्ट्रपति मस्कोमा, विद्रोही नेताले गरे सम्बोधन

एजेन्सी | देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल-असद मस्को पुगेका छन्। रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई रुसले नै शरण दिनेछ। हायात ताहिर अल साम (एचटिएस)ले राजधानी दमासकस कब्जामा लिएपछि असद भागेर रुस गएका हुन्।

आइतबार नै विद्रोही शक्ति एचटिएसका नेता अबु मोहम्मद अल जलवानी सार्वजनिक भए। उनले पुरानो दमासकसको उमायाद मस्जिदमा उपस्थित हुँदै कार्यक्रमलाई सम्बोधन गरे।

सो सम्बोधनमा उनले सिङ्गो इस्लाम राज्यको जित भएको बताए। उनले सन् २०११ यता सहिद भएकाहरू प्रति सम्मान व्यक्त गर्दै देशलाई भ्रस्टाचार मुक्त बनाउन आफ्नो ध्यान केन्द्रित रहने बताए।

त्यही मस्जिदमा बसार अल असद र उनका बाबु हफिज अल असदले प्रार्थना गर्थे। त्यो सम्बोधन भन्दा अघि नै उनी राजधानी दमासकस पुगेर मुख्य स्थान भ्रमण गरेका थिए। भागेर छिमेकमा पुगेका धेरैजना अहिले सिरियामा फर्कने क्रम जारी छ। अहिले संसार भरी रहेका सिरियाली समुदायका व्यक्तिहरू खुसी मनाइरहेका छन्।

असद शासन अन्त्यको यो शृङ्खला एकदमै छोटो समयको विकासक्रम हो। २७ नोभेम्बरमा एचटिएसले आक्रमणलाई तीव्र बनाउने घोषणा गरेको थियो। उत्तर पश्चिममा सरकारले आम मानिसलाई यातना दिइरहेको बताउँदै सो घोषणा भएको हो। ३० नोभेम्बरको दिन एचटिएसका सेनाले एलेप्पोमा प्रवेश गरेको घोषणा गरेको थियो। ५ डिसेम्बरका दिन हामा नियन्त्रणमा लिइएको थियो। ६ डिसेम्बरका दिन राष्ट्रपतिको विरुद्धमा विद्रोहको सुरुवात भएको डेरा प्रान्तमा एचटिएसका सेनाको उपस्थिति भएको थियो।

डिसेम्बर ७ देशको तेस्रो ठुलो सहर होम्स नियन्त्रणमा लिएको एचटिएसले जनाएको थियो। डिसेम्बर ८ को दिन विद्रोही सेनाले राजधानी दमासकस प्रवेश गरेको घोषणा गरेको थियो। दुई घण्टाको अन्तरालमा राजधानी कब्जाको घोषणा गर्दै एचटिएसले विजयोत्सव मनाइसकेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ