१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी

८ पुष २०८१, सोमबार १७:१०

काठमाडौँ | आइतबार उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूले अभिनेता अल्लु अर्जुनको हैदराबादस्थित घर बाहिर तोडफोड गरेका थिए। यस घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो। सोमबार बिहान मुद्दामा संलग्न ६ अभियुक्तलाई जमानत मिलेको छ।

डीसीपीका अनुसार अल्लु अर्जुनको घरमा तोडफोड गर्ने ८ जनामध्ये ६ जनालाई आज बिहान हैदराबाद अदालतमा पेश गरिएको थियो, जहाँबाट उनीहरूले जमानत पाए। अदालतले अभियुक्तलाई जनही १० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ।

यो सम्पूर्ण मामिलामा भारत राष्ट्र समिति (बीआरएस) नेता कृष्णकले अल्लु अर्जुनको घरमा भएको आक्रमणमा जमानत पाएका छ जना अभियुक्त मध्ये एक तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीको सहयोगी भएको दाबी गरे। तर, अहिलेसम्म यो आरोपमा रेवन्त रेड्डी र कांग्रेसका कुनै नेताले प्रतिक्रिया जनाएका छैनन्।

यी व्यक्तिहरु अभिनेताको घरमा जबरजस्ती पस्ने प्रयास रु उनीहरूलाई रोकेपछि उनीहरूले घरबाहिर राखिएको फूलका भाँडाहरू तोडेका थिए। मिडिया रिपोर्टमा अल्लु अर्जुनको घरमा टमाटर फालेको पनि बताइएको छ।

‘पुष्पा–२’ को प्रिमियरका क्रममा सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएका महिलाको परिवारलाई एक करोड क्षतिपूर्ति दिन विद्यार्थीले माग गरेका छन्।

यस घटनाको केही समयपछि अल्लु अर्जुनले पोस्ट गरेका थिए, ‘म मेरा सबै फ्यानहरूलाई सधैं जस्तै जिम्मेवारीपूर्वक आफ्ना भावनाहरू व्यक्त गर्न अपील गर्दछु। कुनै पनि प्रकारको अपमानजनक भाषा, अनलाइन वा अफलाइन प्रयोग नगर्नुहोस्, न त कसैसँग दुर्व्यवहार गर्नुहोस्।’

अभिनेताले मृतक रेवतीका परिवारलाई २५ लाख रुपैयाँ दिने बताइसकेका छन्। साथै घाइतेहरुको पनि आफ्नै खर्चमा उपचार भइरहेको छ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले शनिबार विधानसभामा बोल्दै अल्लु अर्जुन लापरवाह भएको दाबी गरे। अल्लु अर्जुनले मृत्युको जानकारी पाए पनि थिएटरबाट बाहिर नआएको र रोड शो गरेको उनको आरोप थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का