२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’

२०८१, ९ पुष मंगलवार १६:५७

ढाका | बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ ।

हसिना गत अगस्ट ५ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् । विद्यार्थी आन्दोलनको बीचमा उनी देश छोडेर भारत गएकी थिइन् । सो अघि शेख हसिना बंगलादेशमा २० वर्षसम्म सत्तामा रहेकी थिइन् । उनी पहिलो पटक २३ जुन १९९६ मा प्रधानमन्त्री बनेकी थिइन् ।

ढाकास्थित इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले हसिना र उनका मन्त्रीहरू, सल्लाहकारहरू, सैन्य र प्रशासनिक अधिकारीहरूविरुद्ध, मानवता विरुद्धको अपराध र नरसंहाको लागि पक्राउ पुर्जी जारी गरेको छ ।

अन्तरिम सरकारका विदेशमन्त्री तौहीद हुसेनले आफ्नो कार्यालयमा पत्रकारहरुसँग भने, ‘हामीले भारत सरकारलाई कूटनीतिक सन्देश पठाएका छौँ कि हसीनालाई बंगलादेशमा न्यायिक प्रक्रियाका लागि ढाका फिर्ता पठाइयोस् ।’ यसअघि गृह मन्त्रालयका सल्लाहकार जहाँगिर आलमले अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट सुपुर्दगी गर्न आफ्नो कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको जानकारी दिएका थिए ।

एक प्रश्नको जवाफमा उनले सञ्चारमाध्यमलाई भने, ‘हामीले उनको (हसिना) सुपुर्दगीका सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई पत्र पठाएका छौं। प्रक्रिया अझै चलिरहेको छ।’ ढाका र नयाँ दिल्लीबीच सुपुर्दगी सन्धि भएको आलमले बताए । यो सन्धि अन्तर्गत हसिनालाई बंगलादेश फर्काउन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार