2026-09-27 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विमान दुर्घटना अघि कोरियन यात्रुको म्यासेज- ‘हाम्रो विमानमा चरो अडकिएको छ’

काठमाडौँ | आइतबार बिहान दक्षिण कोरियामा शोकको वातावरण थियो। जहाँ १८१ यात्रु बोकेको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

विमान धावनमार्गबाट ​​चिप्लिएर बाउन्ड्री बारमा ठोक्किएपछि आगलागी भएको थियो। यस दुर्घटनामा १७९ जनाको ज्यान गएको थियो भने दुई जना मात्र बाँच्न सफल भएका छन्।

दुर्घटनापछि पीडितका परिवार र साथीहरू विमानस्थलमा भेला भएका थिए। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको खोजीमा निराश देखिन्थे। यस विमानमा एक व्यक्ति पनि थिए, जसलाई पहिले नै आफ्नो मृत्युको डर भइसकेको थियो। उनले विमान भित्रबाट यस्तो सन्देश पठाए, यो पढेपछि परिवारका सदस्यहरु स्तब्ध भए र उनीहरु दौडेर एयरपोर्ट पुगेका थिए।

एयरपोर्टमा उपस्थित एक परिवारका अनुसार दुर्घटना हुनु केही मिनेट अघि उनीहरूलाई विमानमा सवार व्यक्तिबाट सन्देश प्राप्त भएको थियो, जसमा विमानको पखेटामा चरा अड्किएको लेखिएको थियो।

विमान दुर्घटना हुनुअघि बिहान ९ बजे पठाइएको सन्देशमा उनले लेखेका थिए, ‘चरा पखेटामा अड्किएको छ, हामी अवतरण गर्न सकेका छैनौं।’

कोरिया टाइम्सको एक रिपोर्ट अनुसार जब ती मानिसलाई यो कति समय अघि भएको थियो भनेर सोधियो, उनले करिब एक मिनेट भन्ने जवाफ दिदै लेखेका थिए, ‘अब, मैले इच्छा दरिलो बनाउनुपर्छ र भगवानसँग प्राथना गर्नुबाहेक कुनै उपाय मसँग छैन।’

चरा ठोक्किएर विमानको ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले आशंका गरेको छ। यो दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ।

दक्षिण कोरियामा भएको यो दुर्घटनाले परिवारका सदस्य र नागरिकमा गहिरो शोक फैलाएको छ। मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै यस दुखद घटनाको विस्तृत अनुसन्धान भइरहेको त्यहाँको सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह